सुमन सुनार,बुर्तिबाङ २०७५ मंसीर १७ । नेपाल विद्यार्थी संघ बागलुङले तमानखोला गाँउपालिकामा संगठन विस्तार तथा सदस्यता वितरण अभियानलाई तिब्रता दिएको छ ।
यसैक्रममा आज गाउँपालिकाको वडा नं. ५ खुंखानी स्थीत शान्ती माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई समिति गठन गरिएको छ । नेपाल विद्यार्थी संघ बागलुङका जिल्ला अध्यक्ष खडक थापा मगर र धवलागिरी बहुमुखी क्याम्पस बागलुङ स्व.वि.यु सभापति मनिस थापा मगरको विशेष उपस्थितिमा बसेको विद्यार्थीहरुको भेलाले याम गोतामेको अध्यक्षतामा ५१ सदस्यीय इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा तिर्सना सिर्पाली, गोपाल छन्त्याल, सचिवमा होमन छन्त्याल, सह–सचिवमा दिपेन्द्र पुन, झकेन्द्र सेन्चुरी, कोषाध्यक्षमा नरमायाँ पुन रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् ।
उक्त बैठकमा बोल्दै नेपाल विद्यार्थी संघ बागलुङका जिल्ला अध्यक्ष खडक थापाले बर्तमान सरकार दैनिक अराजक र गैरजिम्मेवार बन्दै गएको भन्दै त्यस विरुद्ध खबरदारीका लागि बिद्यार्र्थी तहबाट जागरुक हुनका लागि ने.वि. संघ बाग्लुङ सांगठनिक अभियान चलाएको बताए । उनले महङ्गी, भ्रष्टाचार, सस्तो लोकप्रियता, कानुनी राज्यको उपहास जस्तो बिषयमा हरेक क्षेत्र र तहबाट खबरदारी हुनेपर्ने बताए । यस्तै उनले ने.वि. संघले शिक्षा क्षेत्रमा गरेको योगदानलाई मध्यनजर गर्दै गर्वका साथ ने.वि. संघ बन्न सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरे ।
यता गाउँपालिकाको वडा नं. १ बोंगादोभान स्थीत जनजागृति माध्यमिक विद्यालयमा पनि तम बहादुर रोका मगरको अध्यक्षतामा ५१ सदस्यीय इकाई समिति गठन गरिएको धवलागिरी बहुमुखी क्याम्पस बागलुङ स्व.वि.यु सभापति मनिस थापा मगरले बताए । जिल्लाका सबै स्थानिय तहमा नेपाल विद्यार्थी संघको संगठन विस्तार तथा सदस्यता वितरण अभियान जारी रहेको उनले जानकारी दिए ।