Sorry, that menu does not exist.
 

भ्युटार निर्माण्मा परेको रकम खोई ? जवाफ –प्लाष्टिक पोखरी बनेको छ !

प्रेम सुनार, गुल्मी २०७५ मंसिर १९ । गुल्मी भार्सेको लेकमा भ्युटावर निर्माण कार्य सुरु भएको झण्डै १० बर्ष भयो । २०६६ सालमा तत्कालिन प्रतिनिधी सभा सदस्य तथा हालका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले ५ लाख पर्यटन विकास वोर्डबाट ५ लाख रुकम पारी दिएका थिए ।

अर्को बर्ष ५ लाख गरी १० लाख रुपैयाँ प¥यो । तर त्यो रकमले के कति काम भयो भनेर सोध्न खोज्ने अहिले सम्म कोही छैन । मन्त्री वरालको ध्यानकृष्ट गराउँदा उनले उक्त रकम परेर पनि स्थानिय उपभोक्ता समितिले निकासी समेत गरेको तर प्रभावकारी काम हुन नसकेको प्रतिकृया दिए । उनले भने–‘ साँच्ची यो उठाउन गर्ने बिषय हो, यसबारे तत्कालिन उपभोक्ता समितिका पदाधिकारी संग बुझ्नु होस ।’

हालको सत्यवाती गाउँपालिका वडा नम्वर ८ मा पर्ने भार्सेलाई पर्यटकिय गन्तब्य बनाउने उद्देश्यका साथ वरालले सुरु गरेको भ्युटावर निर्माण यसरी अलपत्र प¥यो , जव २०७० सालको निर्वाचनमा वरालले तत्कालिन माओवादीबाट हारे, कांग्रेसका डाक्टर कृष्णप्रसाद छन्त्यालले जिते ।

वरालले सुरु गरेको भ्युटार निर्माण कार्यलाई उनले निरन्तरता दिन चाहेनन वा भ्याएनन । यस सम्वन्धमा भ्युटावर निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर थापा संग बुझ्दा उनले पहिलो बर्षको रकमले माथी लेक सम्म पुग्ने मोटरबाटो खनेको र दोश्रो बर्षको पाँच लाखले दुई वटा प्लाष्टिक पोखरी निर्माण गरेको बताए ।

उनले भने–‘ सुदर्शन वरालको पालामा १० लाख रुपैयाँ परेको हो , त्यो रकम निकासी गरेर बाटो र प्लाष्टिक पोखरी बनाईयो , त्यस पछि पर्यटन विकास वोर्डले नक्सा तयार पारेर ल्याउन भन्यो । उक्त नक्सा बनाउन साढे तीन लाख खर्च लाग्ने रहेछ त्यो रकम नभए पछि भ्युटावर बनाउने सपना प्लाष्टिक पोखरी मै सिमित रहन पुगेको हो ।’

उनले ३२ सय मिटर एक तिर र अर्को तिर त्यति नै बाटो खनेको बताए । उनले थपे –‘ सुदर्शन वराल पछि कृष्ण छन्त्याल सभासद भए पछि उहाँलाई भ्युटावर निर्माणका लागि घचघचाए पनि उहाँले मोटरबाटो लगायत मात्रैमा रकम पारेको भ्युटावर निर्माणमा चासो नदेखाएका कारण उक्त निर्माण कार्य अलपत्र परेको हो ।’

हाल त्यस वडाका वडाध्यक्ष समेत रहेका थापाले अहिले मन्त्री भई सकेका वराललाई पुनः घचघचाएको बताए । यता गाउँपालिकामा पनि आफुले कुरा राखेको उनको भनाई छ । यस सम्वन्धमा मन्त्री वरालको ध्यानकृष्ट गराउँदा उनले भने–‘ हामी कहाँ विकास निर्माणलाई साझा ढंगले हेर्ने मानसिकताको विकास नहुँदा त्यहाँको भ्युटावर निर्माण कार्य अलपत्र परेको हो , तत्कालिन माननिय छन्त्याल ज्युले जिते पछि त्यसलाई निरन्तरता दिएको भए अलपत्र पर्ने थिएन । अब हामी स्थानिय सरकार संग समन्वय गरेर प्रदेश सरकारबाट के कति रकम विनियोजन गर्ने सकिन्छ यस बारे पहल गर्ने छौं । ’

सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले पनि स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका मन्त्रीहरु समेत संग समन्व्य गरेर उक्त भ्युटावर सहित सत्यवतीमा पर्यटकिय विकास गर्न थालिएको बताए । उनले बडिगाड खोलामा यसै बर्ष देखि ¥याप्टीङ्ग सञ्चालनमा ल्याउन विज्ञहरुको टोली हिजो देखि स्थलगत अध्यान गर्न थालिएको बताउँ छन ।

उनले कालिगण्डकीको साँघुेर भन्ने स्थानमा थुनेर जलाशाय बनाई पर्यटकहरु भित्राउने योजना अगाडी सारेको जानकारी दिए । सालिग्रामको भण्डार मानिने रुद्रवेणीमा सालिग्राम कै शिवजीको विशाल मुर्ति निर्माण गरी संसारभरका ५० औं लाख हिन्धुर्मलम्वीहरु भित्राउने योजना समेत सारिएको बताए ।

सत्यवती गाउँपालिकामा लुम्निी अञ्चल कै सबै भन्दा अग्लो थाप्लेको लेक रहेको छ । त्यो सहित सत्यवतीका विभिन्न स्थानमा ऐतिहासिक तपोभुमी रहेका छन । परापुर्वकालमा भारतिय हिन्दुधर्मलम्वीहरु चारधाम मध्ये एक धाम मानिने रुरु क्षेत्र रिडी, रुद्रवेणी हुँदै त्यसै सत्यवतीको अस्लेवा, ठुलोलुम्पेक देखि मुक्तिनाथ सम्म पदयात्रा गर्दथे ।

सोही ऐतिहासिक पदयात्रालाई वराल सभासद भए देखि निर्माण कार्य सुरु गरेका छन । प्रदेश मन्त्री वराल र संघिय सरकारका मन्त्री प्रदिपकुमार ज्ञवाली त्यही क्षेत्रको प्रतिनिधी सभाका सदस्य भए देखि उक्त पदयात्रा , कालिगण्डकी कोरिडोर सडक निर्माण लगायतको विकास निर्माणमा अग्रसरता देखाएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply