Sorry, that menu does not exist.
 

गलकोट बहुमुखी क्याम्पसमा कक्षा कोठाको अभाव : स्ववियुको आयोजनामा अर्थ संकलनार्थ विविध कार्यक्रम !

गल्कोट २०७५ मंसिर १९ । गलकोट बहुमुखी क्यापस, स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा क्यापसको शैक्षिक गुणस्तर बृद्धि, संस्थाको कोठा ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर आज देखी शैक्षिक, खेलकुद तथा सास्कृतिक कार्यक्रम सुरु भएको छ ।

क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति गुमानसिँह भण्डारीका अनुसार क्याम्पसको आर्थिक अवस्था कमजोर भएका कारण कक्षाकोठा थप गर्न सक्ने अवस्था नभएकोले यो कार्यक्रम आयोजना गरिएको हो ।

आजदेखि खुल्ला बिद्यालयस्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । खेलकुद संयोजक दिपक मल्लले दिएको जानकारी अनुसार गलकोट बहुमुखी क्यापस समुह ए र न्यु लाईफ आवासीय माद्यमिक बिद्यालय बिच बिच उदघाटन खेल भयो ।

क्याम्पसमा कक्षा कोठाको अभावले स्ववियुको कोठामा राखेर समेत बिद्यार्थीलाई पढाउन थालिएको छ । संस्थाको आफनै कोठा भएपनि उक्त कोठामा बिद्यार्थीहरुले पठन पाठन गर्ने भएका कारण कागजपत्र राख्न, बैठक, छलफल गर्न समेत ठाउको अभाव भएपछि कार्यक्रम मार्फत आर्थिक संकलन गरि कोठाको ब्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

क्यापसको २ तला र गल्कोट नमुना माद्यमिक बिद्यालयको २ तला भएको भवनमा बिहानमा क्यापसका बिद्यार्थीले अध्ययन गर्ने गरेका छन भने दिउसोमा गल्कोट नमुना माद्यमिक बिद्यालयका बिद्यार्थीहरुले पठन पाठन गर्ने गरेका छन ।

क्यापसको आफनै खेलमैदान नहुदाँ बाह्य कार्यक्रम सँगै आन्तरिक कार्यक्रम समेत गर्न समस्या देखिएको बिद्यार्थी धु्रव सुवेदीको भनाईछ । संस्थाले भोलि बिहान ८ बजेदेखि मंसिर २१ गते १२ बजेसम्म भलिबल प्रतियोगिता, बतृत्वकला सँगै गलकोट बहुमुखी क्यापसका प्रध्यापक, ब्यवस्थापन समिति र बिद्यार्थी बिच शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बिद्यार्थी नविन गौतमले बताए । २२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा संस्थाले खुल्ला बिद्यालय र क्यापस सहभागी हुने गरि भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, बतृत्वकला प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको भलिबल संयोजक दिपक मल्लले बताए ।

गल्कोट बहुमुखी क्याम्पसको उज्ज्वल भविष्यको लागी चिन्ता गरौँ !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply