Sorry, that menu does not exist.
 

संक्षिप्त चिनारी : बडीगाडका कुमाल जातिको लोपोन्मुख ‘हेम्फै नाँच !’

कमल पौडेल,

कहिले कसरी नचाइन्थ्यो त हेम्फै (युुवती)लाई

बडीगाडका कुमाल जातिको अति पुरानो र साँस्कृतिक महत्व बोकेको हेम्फै (युुवती) नाँच भाद्र कृष्ण पक्षको औंसि मा सुरु गरी शुक्ल पक्षको पूर्णिमामा विशेष पुजा आरधना सहित सम्पन्न गर्ने गरि नाचिन्छ ।

एकातिर रोधिको समाजले रोधि गाइरहने र अर्को तर्फ कमेरो र माटोको प्रयोग गरेर वनाइएका चन्द्रमा र सूर्यको प्रतिकमा उपस्थित सवैले फुलले पुजा गर्ने चलन रहेको छ । भाद्र कृष्ण पक्षको औंसिमै फुल टिप्नको लागि दुई कन्या छनौट गरिने र पूर्णिमामा उनिहरुले टिपेको फुलले मात्रै पुजा हुने अर्थात चढाउन सकिने, तर सवैले चढाउन सक्ने यसको विधि छ । रातभर हेम्फै र लाहुरेलाई नचाई विहान तिनै उपवास वसेको दुई कन्याले ती चढेका सवै फुलहरुको डोली वनाई सवै जना नाँच्दै गाउँदै नदी किनारमा लगि सेलाउने चलन छ ।

सवै समाजका मानिसहरु रोधि घरमा जम्मा भई घर भित्र रहेकी हेम्फ (युवती)लाई वोलाउने, हेम्फै लिएर संगै लाहुरे बाहिर आउने गीत गाउने प्रचलन रहेको छ ।

सुरु टुक्काः हा हा हो ……………
माला र मुग्लानै बाट×२, आयो मेरो हेम्फै×२
माला र मुग्लानै बाट×२, आयो मेरो हेम्फै×२
माला र मुग्लानै बाट×२, ढोका खोल हेम्फै×२
माला र मुग्लानै बाट×२, बाटोे खोल हेम्फै×२

विचविचमा गीत रोकी ठट्टा गर्ने गरिन्छ र लाहुरेलाई कहाँ वाट ? किन? यस्ती डल्ली नराम्री भनिन्छ ।

विचमाः हा हा हो ………………………..
माला र मुग्लानै बाट×२, नाच मेरो हेम्फै×२
माला र मुग्लानै बाट×२, दैलो लिप हेम्फै×२
माला र मुग्लानै बाट×२, जाँतो पिस हेम्फै×२
माला र मुग्लानै बाट×२, ढिँकि कुट हेम्फै×२

लगाएतका सवै कामको परीक्षा लिने र सवै परीक्षा सकिए पछि
माला र मुग्लानै बाट×२, भित्र पस हेम्फै×२
माला र मुग्लानै बाट×२, भित्र पस हेम्फै×२
(कतै बर्मा र मधेशै वाट भन्ने पनी छ ।)

यसरी हेम्फै(युवती) भित्र पसेपनी लाहुरे चाहिँ वाहिरै रहने र लाहुरेसंग सवै संगिहरुले रमाइलो गरी नाच्ने कोशेली माग्ने, लाहुरेले सवैजनालाई कोशेली पुर्याउने र निकै रमाइलो गरि हेम्फैमा नाँच्ने गरिन्छ ।

यसका गीत र कर्म हेर्दा पहाडी भुगोलमा नाँचिने देखिन्छ । खासगरि बागलुङ, गुल्मी, गोरखा, तनहुँ, लमजुङमा हेम्फै नाच्ने गरिन्छ । यद्यपी हाल यो नाँच झण्डै लोप भएको अवस्था छ । नयाँ पुस्ता यस तर्फ आकर्षित नभएकोले पुस्तान्तरण संगै लोपहुने खतरा छ।

(गुल्मी मुसिकोट नपा ७, वामी टक्सारका टेक वहादुर कुमाल, बागलुङ बडिगाड गापा २, हाँडिखोलाका झलक कुमाल र बडिगाड गापा २, सिमलचौरका मना कुमाल संग गरिएको कुराकानीमा आधारित)

बडीगाड (बागलुङ) २०७५ मंसिर २० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply