महोत्सव समापन लगत्तै पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिने !
लोकेन्द्र निरासी, बुर्तिवाङ २०७५ मंसिर २१ । बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा २०४८ सालमा स्थापित निसीभूजी जनता क्याम्पसको आर्थिक अवस्था सुदृढ गरी क्याम्पसलाई सुविधा सम्पन्न स्मार्ट क्याम्पसको रुपमा स्तरोन्नति गर्न जारी बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवका छैठौँ दिनको सन्ध्याकालीन सभालाई सम्वोधन गर्दै महोत्सव मुलसमारोहका अध्यक्ष एवं क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल अर्यालले महोत्सवमा संकलित रकम कुनै हालतमा दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले निसीभूजी जनाता क्याम्पसको स्तरोन्नतिका लागी राज्य पक्षबाट सहयोग प्राप्त नभएका कारण जनस्तरबाटै महोत्सव गर्नु परेको खुलासा गरेका थिए ।
समाजसेवी गण्डकी थापा अधिकारीको सभानायकत्वमा भएको सन्ध्याकालीन सभामा अध्यक्ष अर्यालले क्याम्पसको सहयोगार्थ रु २५ लाख २५ हजार ५ सय २५ दान दिएको घोषणा गर्दै यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । सन्ध्याकालीन सभामा अध्यक्ष अर्याललाई दानशिरोमणि तथा धर्मपत्नी दिल कुमारी अर्याललाई महानायकको रुपमा आसन ग्रहण गराईएको थियो ।
सन्ध्याकालीन सभाकी सभानायक गण्डकी थापा अधिकारीले महोत्सवमा रु ६१ हजार १ सय ६१ रुपयाँ प्रदान गरेकी थिईन् । सोहि अवसरमा लिला सुवेदीले रु २५ हजार ५ सय २५, पुष्पा अर्याल पोडेलले रु २५ हजार, त्रिवेणी बचत सहकारीका अध्यक्ष नेत्रलाल उपाध्यायाले व्यक्तिगत रुपमा रु २२ हजार २ सय २२ तथा संस्थागत रुपमा सहकारीबाट रु २२ हजार २ सय २२, चीरकली उपाध्यायबाट रु २२ हजार २ सय २२, सीवाईसी आत्मनिर्भर महिला समुह केन्द्र नं ८ बाट रु २१ हजार १ सय ५५, सीता, गोपाल श्री तीनजना बाट रु ५ हजार ५ सय ५५, बुर्तिवाङ नयाँ शहर आयोजनाबाट रु ५ हजार ५ सय ५५, तारा भुसालबाट रु ५ हजार ५ सय ५५, बेदबहादुर बुढामगरबाट रु ५ हजार ५० र ढोरपाटन नगरपालिकाका लेखाधिकृत अमृत प्रसाद पौडेलबाट रु ५ हजार ५ रुपयाँ प्राप्त भएको थियो ।
महोत्सवको विधिवत समापन भोलि मंसिर २२ गते गरिने कार्यक्रम रहेको छ भने आजको सन्ध्याकालीन सभामा भव्य कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन् ।
भेलिको समापन कार्यक्रममा महोन्सव आयोेजक समितिका सबै पदाधिकारी सदस्यहरु, समाजसेवी, शिक्षाप्रेमी, सहयोग दाता, पत्रकार सबैलाई आमन्त्रण गरी भव्यरुपमा समापन गरिने बताईएको छ । समापन पछी लगत्तै पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिने पनि अध्यक्ष अर्यालले ईबागलुङलाई बताए ।