निसीखोला २०७५ मंसिर २२ । निसीखोला सन्चार प्रालिले निसीखोला गाउँपालिका ५ मा शुक्रबार बालबिबाह रोकथाम गर्न अभियान सुरु गरेको छ ।
‘बाल बिबाह अन्त्य गरौं ,बाल हिंसा अन्त्य गरौं’भन्ने प्लेकार्डहरु लिएर स्थानीय विद्यार्थी, युवा युवतीहरुको जुलुसले निसीको पुतलीबजार ,घर्तीथोक, मदुबाङ लगायतका टोलहरु परिक्रमा गरि बाल बिबाह रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिएको थियो । सो अवसरमा बालबिबाह रोकथामलाई लक्षित गरी सडक नाटक प्रदशन पनि गरिएको प्रालिका अध्यक्ष कुमवीर विश्वकर्माले ईबागलुङलाई जानकारी दिए। उनले घर दैलो अभियान,प्रशिक्षण लगायतको कार्यक्रम गर्ने पनि जानकारी दिए ।
निसीखोला गाउपालिका ५ का अध्यक्ष हर्कमान घर्तीले प्रमुख आतिथीको आसनबाट बोल्दै बाल बिबाह अन्त्य गर्न, बाल बालिका लगायत आमाबुबालाई सचेतना मुलक जानकारी दिने र बाल बिबाह गर्नेलाइ कार्बाही गर्न वडा सधैं तयार रहेको बताएका थिए । उनले सन्चार प्रा।लि।लाई आगामी बर्षमा बजेट छुट्टाउनुको साथै सुदृढीकरण गर्नको लागि आर्थिक सहयोग दिने बताए ।
कार्यक्रममा निसीखोला गाउँपालिकाका वडा नम्बर-५ का वडा सदस्य तेजिन्द्र पुन मगर, वडा सदस्य चुले बिश्वकर्माको शुभकामना मन्तव्य रहेको थियो ।
प्रालिका अध्यक्ष कुमवीर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिका सदस्य राजकुमार बिश्वकर्माको स्वागत मन्तव्य र प्रा।लि।का सदस्य सम्झना बिश्वकर्माको सन्चालन रहेको थियो।