कमल पौडेल, बडीगाड, बागलुङ २०७५ मंसिर २३ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले प्रारम्भिक कक्षाका बालवालिकालाई दिइने शिक्षाले सिंगो जीवनलाई निर्देशित गर्ने भन्दै वालविकासका कक्षाहरु व्यवस्थित गर्नुपर्ने वताएका छन् । जनज्योती वालविकास केन्द्रको अभिभावक भेलालाई आज खर्वाङमा उद्घाटन गर्दै उपप्रमुख भुसालले सो कुरा वताएका हुन् । जनज्योती बालविकास केन्द्रले १२ वर्ष अगाडिवाटै वालवालिकाको मनोवैज्ञानिक विकासको लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै भुषालले प्रशंसा समेत गरे।
भेलामा कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलामा वालविकास केन्द्रका जग्गादाता तथा संरक्षक इन्द्रमणि खरेल दम्पत्तिलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो। कार्यक्रममा लेखा समितिका संयोजक कृष्ण प्रसाद खरेलले आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलाले वालविकास केन्द्रको नाममा जग्गा दाताको नाम थप गर्ने र वालविकास केन्द्रको नाम जनज्योती इन्द्रमणि बालविकास केन्द्र गराउने निर्णय गरेको छ भने सुवेदार रत्न वहादुर क्षेत्रीको संयोजकत्वमा १० सदस्यिय नयाँ वालविकास व्यावस्थापन समितिको गठन गरेको छ। जसको कोषाध्यक्षमा मेघनाथ खरेल, सदस्यहरुमा दुर्गादत्त खरेल, नन्दराम खरेल, कृष्ण प्रसाद खरेल, ढालमणि भण्डारी, गिता पोखरेल, कृष्ण कुमारी राना, नरी राना र सदस्य सचिवमा सहजकर्ता तारा राना रहेका छन् ।
कार्यक्रम व्यावस्थापन समितिका अध्यक्ष सुवेदार रत्न वहादुर क्षेत्रीको अध्यक्षता, कोषाध्यक्ष मेघनाथ खरेलको स्वागत मन्तव्य तथा सहजकर्ता तारा रानाको संचालनमा सम्पन्न भएको थियो ।