Sorry, that menu does not exist.
 

कालीगण्डकी करिडोर १० मिटर चौडा बन्ने : मालढुंगा देखी बेनी खण्ड बागलुङ पट्टीबाट लैजादा उपयुक्त !

बागलुङ २०७५ मंसिर २३ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको कालीगण्डकी करिडोरलाई १० मिटर चौडा बनाइने भएको छ । कालीगण्डकी करिडोर अन्र्तगत गुल्मी खण्डबाट सुरु भएको १० मिटर चौडा गर्ने काम बागलुङ खण्डबाट पनि हुने जनाइएको छ । कालीगण्डकी करिडोर दक्षिण भारत र उत्तर चीन जोड्ने सबैभन्दा छोटो दुरीको सडक मार्ग हो ।

कालीगण्डकी करिडोरको गुल्मी र बागलुङ खण्डको अवलोकन गर्न बागलुङ आएको टोलीले बागलुङका सांसद डा सूर्य पाठकसँग अन्र्तक्रिया गरी बागलुङ खण्डमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएको थियो । अन्र्तक्रियामा सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठ, भौतिक योजना मन्त्रालय, योजना शाखाका सहसचिव राजेन्द्र शर्मा, रक्षा मन्त्रालयका सहसचिव भरत गौतम लगायतले सडक निर्माणमा भइरहेको प्रगतिका बारेमा आफ्ना धारणा राखेका थिए ।

सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठले नेपाली सेनाले कालिगण्डकी करिडोरको ट्रयाक खोल्ने काम सम्पन्न भइसकाले अब सडक विस्तारका लागि योजना बनाएर अगाडि बढ्ने बताउदै सडकको पुरै ट्रयाक खुलिसकेको र विभिन्न ठाउँमा सडक चौडा गर्ने काम समेत भइरहेकाले अब बाँकी रहेको क्षेत्रमा सडक चौडा गरी पीच गर्ने प्रक्रिया बढाइने जानकारी दिए ।

सांसद डा पाठकले कालीगण्डकी करिडोर नेपालको लाइफलाइन बन्न सक्ने भन्दै समयमै सम्पन्न गर्न आग्रह गरेका थिए । दक्षिण सिमादेखि उत्तरी सिमासम्म पुगेर करिडोरको अवलोकन गरेको भन्दै सांसद पाठकले मुस्ताङ क्षेत्रमा करिडोर निर्माणमा भइरहेको प्रगतिले करिडोर छिट्टै खुल्नेमा विश्वास व्यक्त गरे । पाठकले भने ‘म केही समय अगाडि उत्तरी सिमासम्म पुगेर आएको छु, सिमामा चिनियाँ पक्षले कोरल्ला नाका खोल्नका लागि भौतिक संरचनाहरु निर्माण गरिसकेकाले सडक निर्माणलाई थप गति दिन आवश्यक छ ।’

पाठकले करिडोरको ट्रयाक खुलेपछि नियमित सवारी साधनहरु सञ्चालन भइरहेकाले सडक चौडाइको काम छिटो सक्नका लागि बागलुङको मालढुङ्गाबाट सडक चौडा गर्ने काम सुरु गर्न आग्रह समेत गरे । सरकारी तवरबाट करिडोर निर्माणमा बजेट अभाव हुन नदिने भन्दै पाठकले सडक चौडासँगै मालढुङ्गादेखि बेनीसम्मको खण्डलाई बागलुङपट्टीबाट लैजादा सहज र थोरै क्षतीमा सडक निर्माण गर्न सकिने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply