घनश्याम गौतम, गल्कोट २०७५ मंसिर २४ । लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन गल्कोट नगरपालिका बडा नम्बर २ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गल्कोट नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचाले जुनसुकै राजनैतिक पार्टीमा आस्था राख्ने, जुनसुकै धर्म मान्ने भएता पनि हिसा बिरुद्ध एकता अपरिहार्य रहेको बताईन् । उपनगरप्रमुख काउचाले महिलाहरुले एकले अर्काको बिरोध गर्नुृभन्दा हिसां बिरुद्ध सबैले जनचेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिईन् ।
लैङिगक हिन्सा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका बुल बहादुर खत्री, नेपाली काग्रेसका जिल्ला सदस्य फम खत्री, ,राष्ट्रिय जनमोर्चा गल्कोट नगर अध्यक्ष टंक के सी, जिल्ला समन्वय सदस्य रुपा बि.क., बडा न २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्त, नगर कार्यपालिका सदस्य कमला ढकाल, शिब कुमारी खत्री, रत्नकला अधिकारी गल्कोट सामुदायिक सेबा केन्द्र अध्यक्ष मञ्जु शर्मा चालिसे, नेकपा निकट महिला संघ गल्कोट नगर प्रतिनिधी कौशिला घर्ती, नेपाली कांग्रेस निकट महिला संघ नगर अध्यक्ष मिना श्रेष्ठ, राष्टिय जनमोर्चा निकट महिला सघं गल्कोट नगर सदस्य बिष्णु कडेल नबज्योती महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड दुदिलाभाटीका अध्यक्ष धना खत्री, नरेठाटी स्वास्थ चौकीका इन्चार्ज मीरा शर्मा, महेन्द्र माद्यमिक बिद्यलायका शिक्षक माया रेग्मी लगाएतले बोलेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाले महिलालाई सम्मान र इज्जत गर्नुपर्ने बताउदै महिलाबाट महिलालाई सम्मानको सुरुवात भए महिला हिँसाको अन्त्य हुने बताएका थिए । वडा न २ तोरीखोला निबासी ८५ बर्षिया बृद्धा गौरी कालाले दीप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रम नगरउपप्रमुख रेनुका काउचाको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमको स्वागत तथा नगरकार्यपालिका सदस्य बिष्णु बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैवीच ताराखोलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सामुदायिक वन उपभोक्ता महासंघ ताराखोला र ताराखोला गाउपालिकाको कार्यलयको संयुक्त आयोजना आज ताराखोलामा सम्पन्न भएको छ ।
कार्यक्रममा ताराखोला गाउपालिकाका प्रमुख प्रकाश घर्तीले महिलाहरुले आफ्ना समस्याहरु खुलेर सम्बन्धित निकायमा राख्नुपर्ने वताउदै कुनै पनि हिंसा सहनुले हिंसा गर्ने मानिसलाई प्रोत्साहन मिल्ने भएकोले खुलेर राखनुपर्ने बताए । उनले लैङ्गिक हिसां बिरुद्ध जनचेतना अभिबृद्धि गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य फुलमाया पुन, ताराखोला गाउपालिकाका उपाध्यक्ष दिल कुमारी रोका पुन, प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुसाल, वडा नं २ का वडा अध्यक्ष भद्र घर्ती ५ वटा वडाका महिला सञ्जालका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम स्थानिय सामुदायिक वन उपभोक्ताका समितीका अध्यक्ष दिपक रोकाको अध्यक्षता महासंघका सचिव दिल कुमारी घर्तीको स्वागत र सचिव मन बहादुर लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
लैडिक हिंसा विरुद्धको १६ दिने अभियानमा गाउपालिकाको परिसरमा र्याली समेत निकालिएको थियो ।