Sorry, that menu does not exist.
 

बागलुङमा मानवअधिकारको अवस्था नाजुक, उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्नेमा वक्ताहरुको जोड !

कोपिला कंडेल, बागलुङ २०७५ मंसिर २५ । एड्भोकेसी फोरम बागलुङ, अनौपचारिक सेवा केन्द्र ईन्सेक बागलुङ, मानव अधिकार तथा शान्ति समाज बागलुङ र न्यायको लागि व्दन्व्दपीडित समाज बागलुङले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सोमबार ७० औँ मानव अधिकारी दिवस मनाएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले मानवअधिकारको रक्षाका लागि सबै जिम्मेवार र प्रतिबद्ध भएर लाग्नुपर्ने बताउदै जिल्लामा मानवअधिकारको अवस्था नाजुक रहेको स्वीकार गरे । उनिहरुले मानवअधिकार उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्नेमा समेत जोड दिए ।

जिल्लामा बहुबिबाह सम्बन्ध बिच्छेद आत्महत्या लगायतका हिँसांत्मक घटना बढ्दो क्रममा रहेका छन् सहभागीले भने, सबैखाले हिसांत्मक गतिबिधीको अन्त्य गरी मानवअधिकार प्रत्याभुती दिलाउनका लागि राज्यका संयन्त्र क्रियाशील हुनुपर्ने बताए । मानव अधिकार सम्बन्धी विश्वब्यापी घोषणा पत्रमा उल्लेखित अधिकारको पुर्ण पालना हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।

अन्तरक्रियामा सहभागी मानव नागरिक समाजका संयोजक काजी गाउले श्रेष्ठ मानव अधिकार संगठनका संयोजक अमर बहादुर कार्की बागलुङ नगरपालिका वडा नम्वर ३ का अध्यक्ष लक्ष्मी बास्कोटा, निवर्तमान महिला बिकास अधिकृत लक्ष्मी जिसी कार्की महिला नेतृ कुशुम बुढा, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष राजेन्द्र पौडेल, निवर्तमान अध्यक्ष बिकास पौडेल, केन्द्रिय सदस्य गीता श्रीस नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिष सल्लाहकार कोपिला कंडेल कोषाध्यक्ष बिजय राना लगायतले मानवअधिकारको संरक्षण र प्रबद्धनका लागि सबै एक हुनुपर्ने बताए । कार्यक्रम ईन्सेक जिल्ला प्रतिनिधी सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply