Sorry, that menu does not exist.
 

बुर्तिबाङमा विपत व्यवस्थापन जिल्ला स्तरिय प्रारम्भिक परियोजना कार्यशाला सम्पन्न !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ मंसिर २६ । जिल्लास्तरिय सरोकारवालाहरु बिच परियोजना प्रचार प्रसार कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको भएको छ । “बिद्यालय तहमा बिपद ब्यबस्थापन सचेतना तथा क्षमता विकास परियोजना” भन्ने मुल नाराका साथ यूनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालय अन्र्तगत यूनेस्कोको पी.पी २०१८÷१९ को आर्थिक तथा प्राबिधिक सहयोगमा एकिकृत हातेमालो समाज नेपाल नामक सस्थाद्धारा बिद्यालय तहमा बिद्यार्थी,शिक्षक र ब्यबस्थापन समितिहरुलाई बिपतको सामना गर्न क्षमताको बिकास गर्ने उद्देश्यकासाथ आयोजित अन्तरक्रिया कार्यक्रममा ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीको प्रमुख आतिथ्येता रहेको थियो ।

कार्यक्रममा बेल्दै प्रमुख अतिथि नेपालीले यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुको बासोबास विपतको उच्च जोखिमपूर्ण ठाँउमा भएकोले यस्ता कार्यक्रमले बिशेष सकरात्मक प्रभाब पार्ने बताउदै यो कार्यक्रम आयोजना गर्ने सस्थालाई धन्यबाद दिए । उनले आफुले पनि यो कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा समाजसेवी टेकराज पौँडेलले यस्ता कार्यक्रम सञ्चालन गर्न आबश्क रहेकोले यो क्षेत्रमा सञ्चालनका लागि आफुले पनि सहयागे गरेको र कार्यक्रम सफल बनाउनको लागि सबैले हातेमालो गर्न आग्रह अनुरोध समेत गरेका थिए ।

अका अतिथि इलाका प्रशासन कार्यलय बुर्तिबाङका प्रमुख नन्दराम भुषालले यस क्षेत्रका अधिकांश घर, बाटो, बिद्यालय जोखिमयुक्त ठाँउमा भएकोले बिपत आउनु भन्दा पहिलेनै सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु प्रभाबकारी रहेको बताउदै आफुले पनि सस्था र ब्यक्तिगत तर्फबाट साथ दिने बताए ।

बिद्यार्थी, बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभाक, स्थानिय जनप्रतिधी लगाएतलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको “एकीकृत हातेमालो समाज नेपाल” का उपाध्यक्ष प्रेम चन्द गिरीले जानकारी दिए ।

यो कार्यक्रम ढोरपाटन नगरपालिका र तमालखोला गाँउपालिकामा मात्र सञ्चालन हुने बताइएको छ । ढोरपाटन नगरपालिकामा बिद्याविकास मा.बि गादीखोला, ज्ञानोदय मा.बि बोबाङ, र छोरेगाँउ मा.बि छोरेगाँउ , तमानखोला गाँउपालिकाको जनजागृति मा.बि बोङ्गादोभान र शान्ति मा.बि खुङ्खानीमा सञ्चालन हुने आयोजक सस्थाका उपाध्यक्ष गिरीले बताए ।

आजको कार्यक्रममा एकिकृत हातेमालो समाज नेपालका उपाध्यक्ष प्रेम चन्द गीरीको अध्यक्षता परियोजना निर्देशक हरि पौँड्याको स्वागत मन्तब्य सहित कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन युवा समाजसेवी दिपेन्द्र श्रेष्ठले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply