Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाका ४ वडाहरुमा लैँगिक हिँशा नियन्त्रण सन्जाल गठन !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ पुस ज्ञ ४ वडाहरुमा । यतिबेला नेपाल प्रहरीले बागलुङ जिल्लाका विभिन्न स्थानिय तहहरुमा लैङ्गिक हिँशा नियन्त्रण सन्जाल समिती गठन प्रकृयालाई तिब्रता दिएको छ।

स्थानीय प्रहरी कार्यलयका प्रमुख अध्यक्ष रहने उक्त सन्जालमा निर्देशिका बमोजिम महिला तथा बालबालिका सङ्ग सम्बन्धित संघ सस्थाको प्रतिनिधिक,बिद्यालयका प्रतिनिधि, युवा क्लब तथा बाल क्लबका प्रतिनिधि, लैङ्गिक हिंशा निगरानी समूह,स्वास्थ्य स्वयम् सेबिका, नागरिक समाज, आमा समूह लगाएतका प्रतिनिधिहरु समाबेश गरि सन्जाल गठन गरिएको हो।

जस अनुसार ढोरपाटन नगरपालिकामा नगरपालिका स्तरीय सन्जाल गठन गरिएको छ भने बडीगाड गाउपालिका अन्तरगतका वडा न ६ भिङखाल, ७ भिङ्गिठे, वडा न ८ रणसिङ्किटेनी वडा न ९ तल्लो दर्लिङ वडा न १० उपल्लो दर्लिङमा सन्जालको गठन गरिएको छ ।

ढोरपाटन नगरपालिकामा प्रहरी निरिक्षक ओम प्रकाश यादबको सम्योजकत्वमा डा हरिकृश्ण श्रेष्ठ, अनसरी बि क , गुन्ज बहादुर भन्डारी, दिलमाया पौबी, र्इश्वरी प्रसाद पौडयाल, ममता शर्मा गैरे, रत्ना कुमारी शेरचन, सीता कडेल लगाएत रहेका छन् भने सदस्य सचिबमा प्र ना नि अनन्त प्रसाद काफ्ले रहेका छन् ।
कुराकानी सकियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply