घनश्याम गौतम, गल्कोट २०७५ पुस ३ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले आफ्नो समस्या आफै समाधान गर्नु मेलमिलापको उद्देश्य भएको बताएका छन् । गल्कोट नगरपालिकाको आयोजनामा गल्कोटमा सञ्चालन गरिएको मेलमिलाप गरौ बिबाद नबढाऔ, व्दन्व्द रोकौ भन्ने उद्देश्यले न्यायिक समितीको क्षमता बिकास तथा मेलमिलाप सम्बन्धित तालिममा बोल्दै गैरेले समस्याको प्रकृति हेरेर मेलमिलापको बाटोबाट समाधान गनुपर्ने बताए ।
उनले तालिमको लगानी हरेक जनताको पसिना भएकाले तालिम प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै गलकोट नगरपालिकालाई न्यायिक नगरपालिका बनाउनुपर्नेमा जोड दिए । गैरेले नगरपालिकाको कार्ययोजना अनुरुपको कार्यक्रम रहेकाले तालिमको आयोजना गरिएको प्रष्ट पारे ।
तालिममा नेकपाका प्रतिनिधि तिलक उप्रेती, नेपाली काग्रेसका मञ्जु शर्मा चालिसे, राष्ट्रिय जनमोर्चाका टंक केसी, गल्कोट बहुमुखि क्यापसका क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रमको आवश्यकता र महत्वको बिषयमा तालिमका प्रशिक्षक तथा अधिबक्ता ममतादेवी शर्मालेजानकारी गराउदै अदालतको मुद्दा चित्त नबुझे पीडित पक्ष उच्च तथा सर्वोच्च अदालत जाने ब्यवस्था भएपनि मेलमिलाप केन्द्रमा भएको निर्णय अन्तिम बिकल्प भएको बताईन् ।
८ दिनसम्म सञ्चालन हुने तालिम प्रभावकारी बनाउनुपर्ने, अधिकांश तालिम भत्ता खाने, काम नहुने, झारा टार्ने जस्तो बनेको भन्दै प्रभावकारी बनाउनका लागी सहभागीहरुको जोड थियो ।
कार्यक्रममा नगरपालिका भित्रका ११ वडाकै जनप्रतिनिधि, बडाले सिफारिस गरेका हरेक बडा बाट ३ जना, राजनैतिक दलका प्रतिनिधि, महिला नेतृत्वकर्ता लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक रेनुका काउचा मगरको अध्यक्षता, प्रमुख प्रसासकीय अधिकृत कृष्णराज गौतमको स्वागत मन्तब्य र प्रशासकीय अधिकृति अर्जुन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।