Sorry, that menu does not exist.
 

क्याम्पस पढाउने डिग्री होल्डर, अहिले अटोरिक्सा होल्डर !

प्रेम सुनार, गुल्मी २०७५ पुस ४ । समाज शास्त्रमा मास्टर डिग्री गरेका गुल्मीको रेसुङ्गा नगरपलिका–२ तम्घास धागीथुका ३४ बषिय युृवा सन्तोष पन्थी डिग्री सकेर कुनै समय काठमाण्डौको एक क्याम्पसमा समेत पढाउँने गर्दथे । उनैलाई गत डेढ महिना देखि सदरमुकाम तम्घासमा अटोरिक्सा चलाएर यात्रु बोकेको देख्न सकिन्छ ।

९ बर्ष अघि मास्टर डिग्री सकेका पन्थी काठमाण्डौको एनएम कलेजमा पार्ट टाईम पढाउने गरेका हुन । एक टाईमको जम्मा दुई सय ५० रुपैया पाउने भए पछि उनलाई त्यसले खर्च चलाउन मुस्कील प¥यो ।

उनि घर फर्किए । साथीहरु संग मिलेर करिव ७ बर्ष सम्म तम्घास लाँकुरीमञ्मा मझेरी रेष्टुरेन्ट एण्ड फास्टफुट सेन्टर सञ्चालन गरे । स्थानिय तहको गठन पछि सदरमुकामका अन्य होटल, रेष्टुरेन्ट सहित उनको रेष्टुरेन्ट पनि टाट पल्टीयो ।

उनी त्यस टहरालाई भत्काएर केहि समानहरु बेचेर केहि महिना खाली बस्नु प¥यो । त्यस पछि उनले सदरमुकाम तम्घासको आबश्यकता बुझे । स्थानिय बजार सेरोफोरोमा केन्द्रित सवारी साधनकोे अभाव देख । उनले त्यो अभाव पुरा गर्न अटोरिक्सा किनेर आफै चलाउने निधो गरे ।

अन्ततः बुटवल पुगेर ५ लाख मुल्यको अटोरिक्सा किनेर केहि दिन सम्म सिके । त्यस पछि एकछिन खाली नबसी चलाउन थालेका पन्थी भन्छन–‘ तेल खर्च कटाएर पनि महिनाको ५० हजार चोखो बचाईदो रहे छ । ’

उनले स्कुले जिवन देखि नै सरकारी जागिर खाने सपना साँचेको बताए । तर कतै नमिले पछि डिग्री गरेको सर्टिपिकट दराजमा थन्काएर स्वरोजगारी तर्फ लागेको उनको भनाई छ ।

उनि थप्छन–‘ हामी नेपालीहरु आफ्नो गाउँ–ठाउँमा काम गर्न लजाउने बाहिर गए ट्यालेट पनि सफा गर्न तयार हुने भएका कारण बेरोजगारी बढेको हो , काम गर्न लजाउनु हुँदैन , श्रमको सम्मान गरौ त्यसो गर्न सके कोहि पनि बेरोजगार बस्नु पर्दैन ।’

उनि मात्र होईन गत डेढ महिनाको अन्तरालमा ९ वटा अटोरिक्सा तम्घासमा चल्न थालेका छन । ती मध्ये रेसुङ्गा नगरपालिकामा ७ वटा दर्ता भएका छन । ती सबै अटोरिक्सा चालक कम्तीमा कक्षा १२ सम्म पढेका छन । दयासागर पन्थी स्नातक उतिर्ण युवा हुन ।

उनले पनि स्वरोजगारीको गतिले माध्यम त्यही अटोरिक्सा रोजे । पन्थी पनि काम गर्न लजाउन नहुने धारण राख्दै जे पाईन्छ त्यही कामबाट सुरु गर्न सके विस्तारै अवसरहरुले आफै पछ्याउने बताउँ छन ।

सिमलटारी, धुर्कोट , ईस्मा , मुसिकोट र ईन्द्रगौडा सम्मको सडक ग्रावेलिङ्ग भई पिच हुन क्रममा रहेकोले अटोरिक्साको माग बढ्दो छ । बिदेश जाने खर्च अटोरिक्सामा लगाउन सके कम्तीमा मह्निाका् ५० हजार स्वदेश मै बसेर कमाउन सकिने यीनै युवाहरु कै उदाहरण काफी छ ।

बुटवललमा दर्जनौ महिलाहरुले समेत अटोरिक्सा चलाएर मासिक ६० देखि ७० हजार सम्म कमाउने गरेका छन । अर्घाखाँचीमा २ सय भन्दा बढि ट्याक्सी र त्यति नै मात्रमा अटोरिक्सा सञ्चालन गरेर त्यहाँका युवाहरु स्वरोजगारीमा लगेका छन । सन्धीखर्कमा रामु बिक भारतको मजदुरी छाडेर सन्धीखर्क मै अटोरिक्सा चलाउन थालेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply