Sorry, that menu does not exist.
 

तम्घास स्थित रिडर्श पब्लिक हाईस्कुलको २५ औं बार्षिकोत्सव तथा रजत महोत्सव सम्पन्न

गुल्मी २०७५ पुस ६ । गुल्मीको सदरमुकाम तम्घास स्थित रिडर्श पब्लिक हाईस्कुलको २५ औं बार्षिकोत्सव तथा रजत महोत्सव शुक्रवार सम्पन्न भएको छ । साता ब्यापी विभिन्न कार्यक्रम गरी मनाईएको महोत्सवको आज रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको प्रमुख आतथ्यतामा समापन भएको हो ।

समापन समारोहलाई सम्वोधन गर्दै रिडर्श पब्लिक हाई स्कुलले स्थापना काल देखि खेल्दै आएको भुमिकाको सह्रना गरेका थिए । कार्यक्रममा बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल , जिल्ला शिक्षा विकास ईकाईका प्रमुख थानेश्वर घिमिरे , सो विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर थापा लगायतले पनि मन्तव्य राखेका थिए । रजतमहोत्सवको अवसरमा सो स्कुलले रजतजयन्ती स्मारिकाको विमोचन समेत गरेको छ ।

त्यस्तै महिला फुटवल प्रतियोगितामा रिडर्श कप हाता पार्न सफल आदर्श विद्याश्रमका खेलाडीहरुलाई पुरस्कृत समेत गरिएको थियो । त्यस्तै रिडर्श पब्लिक हाईस्कुलमा अध्यान गरी लोक सेवा आयोगबाट अधिकृत स्तरमा नाम निकाल्न सफल १५ जना पुर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै त्यहाँबाट पढेर डाक्टर ईञ्जिनियर र अनुसन्धान अधिकृत बनेकाहरु , पुर्व शिक्षक , पुर्व विद्यार्थीहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै सो विद्यालयमा २० बर्ष भन्दा माथी पढाउँदै आएका शिक्षकहरु क्रमशः वलाराम मरासीनी , निरञ्जन थापा , रामु क्षेत्री र कार्यालय सहयोगी वेदप्रसाद पन्थीलाई दिर्घसेवा पदक , प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

२०५० सालमा सो विद्यालय स्थापना सहयोग समितिका अध्यक्ष शेरबहादुर थापा , संस्थापकहरु वालसिंह काउछा , राजकुमार श्रेष्ठ , धर्मराज पौड्याल , स्वर्गिय मुनिलाल खनाल, होमनाथ घिमिरे लगायतलाई पनि सम्मान प्रकट गरिएको थियो । सो विद्यालयका कार्यकारी अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल टिका भलामीको स्वागत मन्तव्य र शिक्षक पुष्कर खड्काको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply