पर्वत श्रीसको अध्यक्षतामा २१ सदस्यीय नेपाल मगर विद्यार्थी संघ क्याम्पस समिति गठन
बागलुङ, २०७५ पुस ६ । नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस बागलुङको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
अधिवेशनले पर्वत श्रीसको अध्यक्षतामा २१ सदस्यीय नेपाल मगर विद्यार्थी संघ क्याम्पस समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा एलिजा राना, सचिव मिना थापा, सहसचिव लालमति पुन र कोषाध्यक्षमा कुमारी थापा रहेका छन् ।
समितिका सदयहरुमा मिरा राना, शान्ति रोका, सुधा घर्ती, दिपा श्रीस, धनु थापा, सुस्मा श्रीस, प्रतिक्षा थापा, भूपाल घर्ती, दिलु थापा, सीता पुन, बिना श्रीस, करिस्मा बुढाथोकी, यसिमा श्रीस, बिमल थापा, ऋतु बुढा र चन्द्रशेखर घर्ती रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य मनिष थापा मगरले नेपालमा पछि पारिएको मगर जातिको उत्थानका लागि अब विद्यार्थीहरु अगाडी बढ्नुपर्ने बताउदै हाम्रो भाषा मारिएको छ संस्कृति नाश गरिएको छ, अब हाम्रो संस्कार र संस्कृतिको जगेर्ना गर्ने जिम्मा हाम्रै काँधमा आएको बताए । उनले विगतमा विभिन्न बहानामा राज्यले हामीलाई पछाडी पा¥यो अब लडेर त्यो अधिकार प्राप्त गर्नुपर्छ । त्यसका लागि शैक्षिक रुपमा पनि सक्षम हुनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।
युवा विद्यार्थीले नै अब मगर समुदायको उत्थानमा लाग्नुपर्ने बताउदै हामीले खेल्ने भूमिकाले अब मगर समुदायको उत्थान हुन्छ कि हुँदैन भन्ने अर्थ राख्छ त्यसैले हामी आफै सक्षम भएनौं भने हामीलाई कसैले अधिकार दिनेवाला छैन । हामीले आफुलाई क्षमतावान बनाउनु जरुरी छ ।’
नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापाले मगरको पहिचानको आन्दोलनलाई अगाडी बढाउनुपर्ने भूमिका विद्यार्थीको काँधमा आएको बताए ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य लाल पुर्जा, धौलागिरि बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेय, सहायक क्याम्पस प्रमुख ध्रुवराज गौतम, नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष प्रतिक घर्ती, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङका अध्यक्ष संगम घर्तीमगर, नेपाल मगर विद्यार्थी संघ पर्वतका अध्यक्ष सुजन पुन, मुस्ताङका अध्यक्ष कृष्ण बुढाथोकी, नेपाल विद्यार्थी संघ क्याम्पस समिति अध्यक्ष दिनेश पन्त, अनेरास्ववियुका जिल्ला सचिव शिव शर्मा, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य जीवन शर्मा, अखिल छैठौंका क्याम्पस अध्यक्ष दिलीप बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मुना थापा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मिना थापा र सञ्चालन रोशनी भुजेलले गरेकी थिईन् ।