सुरेश छन्त्याल, गल्कोट पाण्डबखानी, २०७५ पुुस ७ । गल्कोट नगरपालिका १० पाण्डबखानीमा अज्ञात रोगका कारण स्थानीय र विकासी ब्वाईलर, क्वाईलर जातका कुखुरा धमाधम मर्न थाले पछी स्थानीय चिन्तामा छन् ।
सदरमुकाम स्थित जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गर्दा नारायण शर्माले गल्कोट नगरपालिका कार्यालयका पशु शाखा प्रमुख चिन्तामणी शर्माको जिम्मेवारीको कुरा हो उहाँलाई सम्पर्क गरी पाण्डबखानी लैजान भनेपनि पशुशाखा प्रमुख चिन्तामणी शर्मा भने यति बेला नगरपालिकाका विभिन्न वडाहरुमा कर राजश्व संकलनमा व्यस्त रहेको पाईयो । सोहि कुरा पशु कार्यालयमा भन्दा नारायण शर्माले चिन्तमणीजीको काम कर अशुली गर्ने होईन, उहाँलाई भन्नुस’ भनेपछी उनलाई सम्पर्क गर्दा चिसोले गर्दा हो भोलि औषधि पठाउछु भनेका छन् ।
पाण्डबखानीमा पशु कार्यालय छ, तर न पशु डाक्टर छन् न कुनै सेवा उपलव्ध छ । स्थानीयबासी कुखुरा मर्न थालेपछी आत्तिएका छन् । उता पशु शाखा प्रमुख चिन्तामणी शर्मालाई भने पशुपंक्षीको भन्दा कर/राजश्व संकलन गर्ने चिन्ता छ । वडाध्यक्ष, नगरउपप्रमुख, नगरप्रमुखको यसतर्फ ध्यान जान्छ कि ? या, हाम्रा कुुखुरा सखाप हुन दिने हो ? भन्ने स्थानीयको चिन्ता छ ।