रनिश राना मगर, बागलुङ २०७५ पुस ८ । काठेखोला गाऊपालिकाको अक्षेतेमा नेपाल मगर संघको गाउपालिका स्तरिय प्रथम भेला सम्पन्न भएको छ। उक्त कार्यक्रममा काठेखोला गाउँपालिका अन्तर्गतका आठ ओटै वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
उक्त भेलाका प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला समिति बागलुङका अध्यक्ष गणेश थापाले, मगर समुदायले आफ्नो कला संस्कृतिको संरक्षण संगै आफ्नो अधिकार को बारेमा पनि सचेत रहन जरुरी रहेको साथै अधिकार संरक्षण गर्न आफ्नो संगठनलाई पनि बलियो बनाउन आवश्यक रहेको बताए ।
उक्त भेलाले अध्यक्षमा मोम बहादुर रोका सचिवमा रन बहादुर थापा र कोषाध्यक्षमा ओमकुमारी पुन रहेको १८ सदस्यीय गाउँपालिका स्तरिय तदर्थ समिति सर्वसम्मत रुपमा गठन गरेको छ।
उक्त समितिमा रिक्त रहेका उपाध्यक्ष, सहसचिव र अन्य सदस्य समितीको प्रथम बैठकबाट पदपुर्ति तथा मनोनित गर्ने भेलाले निणर्य गरेको छ।
साथै पुस २७ र २८ गते गते हुने नेपाल मगर संघको गण्डकी प्रदेशस्तरिय अधिवेशनका लागी प्रतिनिधि छनौट पनि गरिएको थियो। ज्येष्ठ सदस्य कृष्ण बहादुर पुनले अध्यक्षता गरेको भेलाको सन्चालन नेपाल मगर संघको श्याम बहादुर पुन मगरले गरेका थिए।