Sorry, that menu does not exist.
 

तालिमबाट प्राप्त प्रमाण पत्र घरको दलिनमा घुसारेर निष्क्रिय नबस्न सहभागीहरूलाइ भुसालकाे आग्रह !

दिनेश शर्मा,बडीगाड खर्वाङ २०७५ पुस १० । बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रको आयोजना र बडीगाड गाउपालिकाको आर्थिक सहयोगमा आज खर्बाङमा सीप सिकौ आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ बैशाख १० देखि पुस १० गते सम्म सन्चालन भएको ६ महिने तालिम आज सम्पन्न भएको छ।

उक्त ६ महिने सिलाइ कटाइ तालिमको समापन कार्यक्रम बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रका अध्यक्ष बिना थापाको अध्यक्ष्ता तथा जिल्ला समन्वय समितीका उपप्रमुख बिष्णु भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा न २ का वडाध्यक्ष्य हिमा खरेल, ५ का वडाध्यक्ष्य अर्जुन खरेल, ६ का वडाध्यक्ष्य मौसमकाजी क्षत्री नेकपा प्रतिनिधि ढालेन्द्र शेरचन प्रशिक्षक भिमा कोइराला ,प्रहरी चौकी खर्बाङ का प्र स नि बिष्णु मुक्तान लगाएतका अतिथीहरुको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अतिथीहरुले बोल्दै बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रलाई धन्यवाद दिदै प्रशिक्षार्थीहरुलाइ सिकेको सिपलाइ व्यवहारमा उतार्न सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा १० ओटा वडाबाट सहभागि भएका १० जना प्रशिक्षार्थीलाई प्रमुख अतिथी भुसालले प्रमाणपत्र तथा प्रशिक्षकहरुलाइ सम्मानपत्र बितरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले तालिमबाट लिएको प्रमाण पत्र घरको दलिनमा घुसारेर निष्क्रिय भएर बस्ने प्रचलन बढेको भन्दै तालिम र सीपलाई ब्यवसाय र आर्थिक आयआर्जन सङ्ग प्रत्यक्ष रुपमा जोड्न अनुरोध गरे ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले केन्द्रकी अध्यक्ष बिना थापा, सचिब माया के सी ,प्रशिक्षक द्वय भिमा कोइराला र नरमायाँ पुनलाई माला लगाइदिदै मायाको चिनो समेत हस्तान्तरण गरेका थिए।

कार्यक्रम केन्द्रकी सदस्य बिष्णुमाया अर्यालको स्वागत मन्तब्य तथा सचिब माया केसीको सन्चालनमा सम्पन्न भएको थियो।

स्मरणीय छ, तालिम कात्तिक महिनामा समापन हुनुपर्ने थियो तर बीचमा तालित ग्याप भएकोल आज समापन गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply