Sorry, that menu does not exist.
 

आफ्नो जन्मदिनमा समाजसेवी लालचन्द्र राजभण्डारीले मानव सेवा आश्रमलाई दिए, रु १ लाख सहयोग !

कोपिला कंडेल, बागलुङ २०७५ पुस १२ । धौलागिरी वाङ्गमय समाजका अध्यक्ष एबं समाजसेवी लालचन्द्र राजभण्डारीले मानव सेवा आश्रम बागलुङलाई रु १ लाख रुपया नगद सहयोग प्रदान गरेका छन् ।

उनले आफ्नो जन्मदिनको अवसर पारेर आज एक समारोहका बिच सो रकम मानव सेवा आश्रमका अध्यक्ष मनिष रायमाझी र संचालिका सुमिरा लामालाई हस्तान्तरण गरेका हुन् ।

आश्रम संचालनका लागि केही सहज होस भन्ने कामनाका साथ जन्मदिनका अवसरमा सो रकम सहयोग स्वरुप हस्तान्तरण गरेको राजभण्डारीले बताए । समाजसेवी राजभण्डारीले मानव सेवानै सबै भन्दा ठुलो धर्म भएका् उल्लेख गर्दै मानिस भएर जन्मिएपछि समाजमा रहेका असहाय र अशक्तहरुको जीवन यापनका लागि केही न केही गर्नुपर्दछ । उनले आगामी दिनमा पनि आश्रम संचालनका लागि सक्दो सहयोग गर्दै जाने बताए ।

सो अवसरमा मानवेवा आश्रमका अध्यक्ष मनिष रायमाझीले सडकमा वेवारिसे जीवन बिताईरहेका असहाय अशक्त र बिभिन्न खाले हिसां पीडितको उद्धारका लागि आश्रम संचालनमा ल्याएको बताउदै सबैको सहयोग र सद्भावले आश्रममा खाद्यान्नको लागि समस्या नरहेको भन्दै अन्य खालका चुनौती भने कायमै रहेको जानकारी दिए । अध्यक्ष रायमाझीले आश्रम संचालनका लागि राजभण्डारी परिवारले गरेको सहयोग महत्वपुर्ण रहेको बताए । आगामी दिनमा आश्रमलाई बागलुङ नगरपालिकाको जिम्मा लगाउने र आफुहरु सहयोगीको भुमिकामा रहने उनको भनाई थियो ।

कार्यक्रममा समाजसेवी पद्यमचन्द्र राजभण्डारी रघुनाथ राजभण्डारी शिक्षासेवी मेघराज पाण्डे, आश्रमका संचालिका सुमिरा लामा नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव राम थापा अविरल सल्लाहाकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम आश्रमका अध्यक्ष मनिष रायमाझीको अध्यक्षता समाजसेवी देवबहादुर श्रेष्ठको स्वागत मन्तब्य र पत्रकार राजेशचन्द्र राजभण्डारीको सचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply