छविलाल पाण्डे बडीगाड २०७५ पुस १४ । बडीगाड गाउँपालिकामा गत मंसिर १ देखि ९ गतेसम्म सञ्चालन भएको प्रथम बडीगाड महोत्सब तथा पौँदी न्वागी मेला २०७५ को शनिबार पत्रकार सम्मेलन मार्फत आम्दानी खर्चको विषयमा जानकारी गराईएको छ ।
“कला, सँस्कृति कृषि र प्रर्यटन समृद्ध बडीगाडको आधार” भन्ने नाराका साथ सञ्चालित कार्यक्रमको आयोजक सँस्था बडीगाड साँस्कृतिक प्रवद्र्धन केन्द्रले आय व्यय विवरण प्रस्तुत गरेको हो ।
सँस्थाका कोषाध्यक्ष विनाकुमारी थापाव्दारा प्रस्तुत प्रतिवेदन अनुसार कुल आम्दानी तर्फ ७० लाख ८५ हजार ७ सय ९५ रुपैयाँ रहेकोमा खर्च विवरण अनुसार ६५ लाख ७१ ह्जार ६ सय ५ रुपैयाँ रहेको छ । जसमध्ये बडीगाड संस्कृति प्रवद्र्धन केन्द्रको नाममा रहेको विवरण अनुसार ५ लाख १४ जार १ सय ९० रुपैयाँ नाफामा रहेको देखिन्छ ।
उक्त आम्दानी खर्च मध्य हालसम्म उठ्न बाँकि २७ लाख ३० हजार ९ सय रुपैयाँ र तिर्न बाँकी २६ लाख ७७ हजार रुपैयाँ रहेको र उक्त रकम केहि समयमै उठान गरी भुक्तान गर्न बाकीँ रकम भुक्तान गरीने बताईएको छ । त्यस्तै सोहि महोत्सबका अवसरमा सञ्चालन गरीएको गाउँपालिका अध्यक्ष कप तेक्वान्डो प्रतियोगिता तर्फ २० लाख आम्दानी रहेको र ३३ लाख ७३ हजार ७ सय २६ रुपैयाँ खर्च भएको सँस्थाका प्रमुख राजेन पाईजाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको थियो । महोत्सवका अवसरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न कलाकारहरुलाई ९ लाख रुपयाँ दिईएको पनि जनाईएको थियो ।
आयोजित कार्यक्रमा गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजाले प्रमुख अतिथीको रुपमा आफनो धारणा राख्दै महोत्सब समग्रमा एतिहासिक रहेको बताउँदै बडीगाड गाउँपालिकाको प्रचार –प्रसार र विकासमा थप टेवा पु¥याएको बतााएका थिए ।
आर्थिक व्यवस्थापनमा केहि कमीकमजोरी भएपनी उक्त विषय सामान्य रहेको र सबैको साथ सहयोगका कारण महोत्सबलाई सफल बनाउन सक्दा सबैतिर राम्रो सन्देश गएको भन्दै सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दे सबैको एकताले नै महत्वपुर्ण कामहरु पुरा गर्न सकिने बताए ।
आयोजित कार्यक्रममा बडीगाड गाउँपालिका उपाध्यक्ष अमरबहादुर श्रीस, प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदी, वडा नं.५ का अध्यक्ष अर्जुन खरेल, ६ का अध्यक्ष मौसम (काजी)क्षेत्री, ७ का अध्यक्ष कृष्ण गुरुङ, सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, रेडियो बुर्तिबाङका प्रतिनिधी योगेन्द्र विश्वकर्मा, रेडियो परिवर्तनका प्रतिनीधि हेम विश्वकर्मा, सञ्चारकर्मी दिनेश शर्मा, बडीगाड संस्कृति प्रवद्र्धन केन्द्रका उपाध्यक्ष कृष्ण भट्टराई लगाएत बिभिन्न सँघसँस्थाका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको कार्यक्रम बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, सचिव विष्णु आर्चायले सञ्चालनमा सम्पन्न भएको हो ।