Sorry, that menu does not exist.
 

आजको तस्वीर : ढोरपाटनस्थित हनुमानध्वज गुल्म सम्मानित !

शव्द/चित्र : योगेन्द्र विश्वकर्मा,

ढोरपाटन (बागलुङ) २०७५ पुस १७ । हिँजो २०७५ पुस १६ गते ढोरपाटन नगरपालिकाले ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मलाई एक कार्यक्रमका बीच प्रशंसा पत्रले सम्मान गरेको छ ।

गत मंसिर ९ गतेको विहानी पख अकस्मात ढोरपाटनको नवी गाउँमा आगलागी हुँदा ढोरपाटन स्थित नेपाली सेनाको हुनमानध्वज गुल्मका गुल्मपति (सेनानी)रविजंग खड्काको कमाण्डमा १२० जना सेनाको टोलीले आगो नियन्त्रणमा ल्याउन गरेको अथक प्रयासको प्रशंसा गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले हनुमानध्वज गुल्म ढोरपाटनका गुल्मपति खड्कालाई प्रशंसा पत्र प्रदान गर्दै सेनाको प्रशंसा गरेका हुन् ।

ढोरपाटन उपत्यकामा चिटिक्क परेर रहेको नवीगाउँमा अकस्मात आगलागी हुँदा त्यहाँ बस्ने ४८ परिवारका ३० घरहरु जलेर नष्ट भएका थिए भने थप २३ घरमा आगो फैलिन नदिन सेनाले उल्लेखनीय काम गरेको थियो ।

जंगलको फेँदीमा रहेको नवीगाउँमा लागेको आगोलाई जंगलमा फैलिन नदिन सेनाले अग्निेरेखा (फायर लाईन) निर्माण गरी देशकै एकमात्र शिकार आरक्षको ठुलो भाग आगलागीबाट जोगाउन सेनाले गरेको परिश्रम प्रशंसनीय रहेको छ ।

जाडो मौसममा नवीगाउँवासीहरु चारजना कुरुवाहरु राखेर चौपायाहरु लिएर बेसीगाउँ बोवाङ झरेको बेलामा अग्निकाण्ड भएकाले कुनै मानवीय वा पशुधनको क्षेती हुन नपाएपनि उनिहरुको लाखौँको बन्दोबस्तीका सामानहरु जलेर खरानी भएका थिए ।

नवीगाउँ नै उजाड बनाउने गरी भएको अग्निकाण्डलाई कसैको साजिश भएको चर्चा चलिरहेपनि यसमा कस्को संलग्नता छ भन्ने अझै पत्तोलागेको छैन ।

सम्वन्धित लिंकहरु

* ढोरपाटनको नवी गाउँमा भीषण आगलागी, नेपाली सेनाको प्रयासबाट गाउँ नै खरानी हुन बाट जोगियो !

* पीडित ४८ परिवारलाई ढोनपाबाट एक/एक लाख सहयोग, टिनको छाना नगरप्रमुखको निजी खर्चमा !

* साताको तस्वीर : नबीगाउँको पीडा !

* सबैको सहयोगबाट अग्नि पीडितहरुको दीर्घकालीन व्यवस्थापनका लागि पहल गर्ने प्रजिअ खरेलको प्रतिवद्धता !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply