Sorry, that menu does not exist.
 

लेखा समाज बागलुङले आफ्ना माग सम्वोधन गर्न प्रजिअ मार्फत तीन ठाउँमा पठायो ज्ञापनपत्र !

बागलुङ २०७५ पुस १७ । लेखा समाज बागलङले कर्मचारी समायोजन सम्वन्धमा व्यवस्थापन गर्न बनेको अध्यादेशबाट कर्मचारीहरुको प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका कार्यहरुको लागी कर्मचारी खटाउने र समायोजन गर्ने व्यवस्थाका सम्वन्धमा नेपाल प्रशासन सेवा लेखा समुहका बारेमा उल्लेख नगरी कर्मचारी समायोजन प्रकृया अगाडी बढेको देखिएकोले सो सम्वन्धमा समाजको धारणामक संघ बाटनै लेखा समाजको सन्चालन तथा व्यवस्थापन गर्न तपसील बमोजिमको आधारमा कानूनमा आवश्यक व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय र संघीय मामला तथा सामानय प्रशासन मन्त्रालयहरुमा जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत ज्ञापनपत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित एक कार्यक्रमका बीच लेखा समाज बागलुङका अध्यष कृष्ण प्रसाद आचार्यले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई सम्वन्धित मन्त्रालयहरुमा पठाईदिन भनी ज्ञापन पत्र बुझाएको प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

यस्तो छ, लेखा समाज बागलुङको ज्ञापन पत्र र निर्णयको व्यहोरा,


यसैवीच जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत कम्प्यूटर अपरेटरहरुले कर्मचारी समायोजन अध्यादेश २०७५मा बृद्धि विकासको ढोका खुल्ला गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङका प्रजिअ बेदप्रसाद खरेल मार्फत संघीय मामला तथा सामान्य मन्त्रालय अन्तर्गत गुनासो सुनुवाई समितिमा ज्ञापन पत्र पठाएको कम्प्यूटर अपरेटर श्यामकुमार थापाले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply