Sorry, that menu does not exist.
 

बिद्यार्थीहरुमा राष्ट्रियताको भावना जागृत गराउन राष्ट्रिय सेवा दल (NCC)तालिम महत्वपूर्ण : प्रसे देवकोटा

भरत प्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ पुस १८ । काठेखोला गाउँपालिका बिहुँकोटमा रहेका अमर माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल जुनियर (NCC Junior)तामिल सम्पन्न भएको छ।

अर्जुनबाण गण घोँडाबाँँधेले उपलब्ध गराएको राष्ट्रिय सेवा दल ट्रेनिङ्गमा अमर माध्यमिक विद्यालयबाट ३६जना बिद्यार्थीहरु सहभागि भएको बिद्यालयका कार्यबाहक प्रधानाध्यापक रघुपति शर्मा कडेंलले ईबागलुङलाई जानकारी दिए ।

नेपाली सेनाले प्रत्येक जिल्लाका दुई विद्यालयमा दिने सिनियर र जुनियर तालिम मध्ये जिल्लाका दुई विद्यालयहरुमा जुनियर लेवलको तालिम परेको छ। ७९ औ, दिन सम्म यहाँ सिकेको सिप महोत्तरी जिल्लामा सहभागी हुने देशभरका संम्पुर्ण प्रतिस्पर्धीहरु मध्ये उत्कृष्ट हुनेहरु विदेशी देशहरुको भ्रमणमा समेत छनोट हुने जानकारी दिईएको छ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्जुनवाण गणका प्रमुख सेनानी भुवनराज देवकोटाले विद्यार्थीमा शैक्षिक ज्ञान हासिल मात्र सबै कुरा पुर्ण नहुने बताउदै उनिहरुमा अनुशासन ईमान्दारिताको आवश्यकता रहने बताए । तत्कालै कुनै विपद परेका खण्डमा समेत विपद ब्यबस्थापन गर्न संमेत उनिहरु सक्षम भएको प्रमुख सेनानी देवकोटाको भनाई थियो । उनिहरु क्षमता विकासमा निक्नै नै महत्वपूर्ण भुमिका खेलेको बताउदै गणपति देवकोटाले उनिहरुमा राष्ट्रिय एकताको भावना समेत जगाउन यो तामिलले सहयोग पुर्याउने बताए ।

सो कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य नन्दलाल वि कले मन्तव्य दिएका थिए । कार्यक्रमा स्वागत कार्यवाहक प्रधानध्यापक रधुपति शर्मा कडेंलको रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिब प्रसाद कडेंलको अध्यक्षतामा संपन्न कार्यक्रमको संन्चालन शिक्षक गणेश प्रसाद कडेंलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply