भरत सापकोटा, बागलुङ बिहुँ २०७५ पुस १९ । काठेखोला गाउँपालिका वडा ५ मा स्थापित बिहुँकोट अमर क्याम्पसको ७औ बार्षिकोत्सव मुल समारोह बुधवार भव्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रममा बोल्दै प्रंमुख अतिथि एवं वडा अध्यक्ष शिव कंडेलले जनचाहना अनुसार क्याम्पस सन्चालन गर्नुपर्ने बताए । उनले उच्च शिक्षाहासिल गर्नको लागि गाउंमानै क्याम्पस संचालन गरिएको बताउदै बिद्यार्थिहरु कै अनुकुलका बिषय ल्याउन र बिद्यार्थिहरु आउने बातावरण सृजना गर्नु पर्ने र शिक्षालाई समाज विकासको महत्वपुर्ण आधार भएको कुरा कसैले बिर्सन नहुने उनको भनाई थियो ।
बढ्दो सहरीकरण बसाईसराई जस्ता कारणले बिद्यार्थीहरु घटेको कुरा आम नागरिकहरुले देखेकै भएकाले बसाईसराई कसरी नियन्त्रण गर्ने भन्ने अहिलेको चुनौतिको बिषय भएको उनले बताए । क्याम्पस निर्माणमा केहि ढिलाई भएपनि अब निर्वाचित बोडीले तत्कालै निर्माण आरम्भ गर्ने उनको कथन थियो।
सो कार्यक्रममा बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख केशव कडेंलले महायज्ञ लगाएत अन्य शिर्षकबाट संकलित कुल आम्दानी रु ३ करोड २३ लाख ४८ हजार ७ सय ५६ रहेको र कुल खर्च रु १ करोड ६ लाख ६८ हजार ७ सय ५० रहेको बैंक मौजुदा रु १ करोड ८५ लाख ३ हजार रहेको जानकारी दिएका थिए । उनले चन्दादाताबाट रु ३३ लाख २५ हजार १ सय ८० उठ्न बाँकी रहेको जानकारी दिए।
साधारण सभाबाटै आगामि क्याम्पस सन्चालक समितिको टुगो लगाउनु पर्ने भएकाले आजबाट नै निर्वाचन प्रकृया सुरु भएको र २१ गते सम्म संचालन समितिको घोषणा गरिने क्यांम्पस प्रमुख कडेंलले जानकारी दिए।
सो कार्यक्रम मा गाउकार्यपीलिका सदस्य हेमलाल वि क धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक रामराजा कडेंल अमर मा विका कार्यबाहक प्रधानाध्यापक रधुपति शर्मा कडेंल, संस्थापक सदस्यहरु ज्ञामनाथ कडेंल, ग्यानकुमारी श्रीस शर्मा, सुबेदार कृष्ण बहादुर पुन, महेन्द्र कडेंल, समाजसेवी प्रेम पुन प्राध्यपक विमला चापागाई पौडेल लगाएतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा संचालक समितिका सदस्य चिरञ्जिवी कडेंलले स्वागत, कार्यबाहक अध्यक्ष गौरिशंकर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्राध्यापक कृष्ण प्रसाद कंडेलले गरेका थिए ।