बागलुङ २०७५ पुस २० । नेपाल कृषि तथा भेटरीनरी प्राविधिक हकहित संरक्षण समिति बागलुङले नेपाल सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत कर्मचारी समायोजन प्रकृयामा रहँदा एक गाउँ एक कृषि तथा पशुसेवा प्राविधिकको व्यवस्थापनका लागि दुई सुत्रिय माग राखी प्रधानमन्त्रीज्यूको नाममा जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रजिअ बेदप्रसाद खरेल मार्फत ज्ञापन पत्र पठाएको छ ।
प्रधानमन्त्रीज्यूको नामको ज्ञापन पत्र बुझ्दै प्रजिअ खरेलले तत्कालै ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित एक कार्यक्रममा समितिका तर्फबाट समितिका अध्यक्ष नन्द बहादुर केसीले प्रधानमन्त्रीज्यूको नाममा पठाईएको ज्ञापन पत्र प्रजिअ खरेललाई हस्तारण गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले ई बागलुङलाई जानकारी दिए ।
ज्ञापनपत्र