Sorry, that menu does not exist.
 

कालिगण्डकी करिडोरको आधिखोलामा मोटरेवल पुल निर्माण शुरु,मन्त्री लम्सालले गरे शिलान्यास !

माधब पराजुली, पर्वत २०७५ पुस २० । बहुचर्चित उत्तर—दक्षिण जोड्ने कालिगण्डकी करिडोर स्याङ्जाको मिर्मी, पर्वतको मालढुङ्गा सडक अन्तर्गत मिर्मी आधिखोलामा माटरेवल पुल बन्ने भएको छ ।

९ करोड ६५ लाख ७८ हजारको लागतमा रायमाझी राजेश्वरी पि.टि.आर. र अधिकारी जे.भि. अर्घाखाँचीले उक्त पुलको निर्माण कार्य अगाडि बढाएको हो । उक्त पुल २ बर्ष भित्रमानै सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

पुल ५० मिटर लम्बाई हुने र १५ मिटर चौडा बनाउने गरि काम अगाडि बढाइएको निर्माण व्यवसायी भागवत गिरीले बताए ।

उक्त सडक खण्डमा पर्ने अन्य तिन स्थानहरु सेतीवेणी, मोदीवेणी र लमाय खोलामा मोटरेवल पुल निर्माणाधीन अवस्थामा छन् । यी चार वटा पुल निर्माण पछि स्याङ्गजाको मिर्मी देखि पर्वतको मालढुंगा सम्मका ५५ किलोमिटरमा बाह्रै महिना अबको २ बर्ष भित्र करिडोरमा गाडीहरु दोहोरो रुपमा सहज तवरले गुड्ने छन् ।

अहिले कालिगण्डकी करिडोर पर्वत खण्ड अन्तर्गत मिर्मी—सेतीवेणी, सेतिवेणी—फलेवास, फलेवास—कुश्मा, कुश्मा अर्मादी—मालढुङ्गा गरि चार खण्डमा काम भईरहेको छ ।

उक्त मोटरेवल पुलको शिलान्यास गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेका छन् । शिलान्यासको क्रममा मन्त्री लम्सालले पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसयीलाई निर्देशन दिएका थिए । निर्माणको जिम्मा लिने ठेकेदारहरुले दस ठाउँमा हात हाल्छन् अनि काम होल्ड गर्ने समय त्यसै खेर फाल्ने परिपाटी नेपालमा सामान्य बन्दै जान थाल्यो,मन्त्री लम्सालले भने तोकिएको मितिमै काम सम्पन्न गराउने दबाब दिन शिलान्यास कार्यक्रम आवश्यक परेको हो, नत्र उद्घाटन गरे पुग्छ ।
उनले सडक धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको चर्चा गर्दै सडक खण्डको धेरै क्षेत्रमा काम भइरहेको छ, बजेटको पनि अभाव छैन, भूगोल र ठेकेदारका कारण कहिलेकाहीँ समस्या आएको उनले बताए ।

मन्त्री लम्सालले पर्वतवासीहरुको समृद्धिको यात्रा तय भएको बताउदै पर्वतेली जनताको अब दुखको जीवन समाप्त हुन थालेको बताए ।
शिलान्यासका अवसरमा गल्याङ नगरपालिका प्रमख भुपराज अधिकारी, बिहादि गाउँपालिकाका प्रमुख कमल प्रसाद भुसाल, कालिगण्डकी गाउँपालिकाका प्रमुख ख्याम बहादुर थापा लगाएतले कालिगण्डकी करिडोरले यहाँका बासिन्दाको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply