Sorry, that menu does not exist.
 

नेपाल मगर सघं गण्डकी प्रदेशको अधिवेशन पुस २७ र २८ गते बागलुङमा हुने !

कोपिला कंडेल, बागलुङ,२०७५ पुस २० । नेपाल मगर सघं गण्डकी प्रदेशको प्रथम अधिवेशन बागलुङमा हुने भएको छ । पहिचान सहित मगरात प्राप्तीको लागि हाम्रो अभियान, नेपाल मगर सघं गण्डकी प्रदेशको ऐतिहासिक प्रथम अधिवेशन भन्ने नारा सहित यहि पुस २७ र २८ गते बागलुङमा हुने मगर सघं बागलुङ अध्यक्ष गणेश थापाले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको हो ।

गण्डकी प्रदेश अन्तर्गतका १० जिल्ला र ७४ पालिकाबाट महाधिवेशनमा २ सय ५० जनाले अधिवेशनमा भाग लिन पाउने ब्यवस्था रहेको नेपाल मगर सघंका केन्द्रिय सदस्य एबं तमानखोला गाउंपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । बुढाका अनुसार संघिय संरचना अनुसारको मगर सघं गण्डकी प्रदेश स्तरिय कमिटि निर्माण गरिने छ ।

अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गर्ने कार्यक्रम रहेको नेपाल मगर सघं बागलुङले जनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि ब्यवस्थापकीय खर्च रु ७ लाख ५० हजार अनुमान गरिएको र खर्चको सम्पुर्ण ब्यवस्था नेपाल मगर सघं बागलुङले गर्ने अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रम नेपाल मगर सघं बागलुङका अध्यक्ष थापा मगरको अध्यक्षता र श्याम बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply