कोपिला कंडेल, बागलुङ २०७५ पुस २० । तेज–रत्न स्मृति पुरस्कार संस्थान बागलुङले धवलागरी बहुमुखी क्याम्पस बागलुङमा अध्ययनरत बिद्यार्थीलाई प्रत्येक बर्ष प्रदान गर्ने २०७४ सालको पुरस्कार शुक्रबार एक कार्यक्रम बिच प्रदान गरेको छ ।
बागलुङका समाजसेवी लालचन्द्र राजभण्डारी र कृष्ण चन्द्र राजभण्डारीले आफ्नो स्वर्गीय पिता तेजबहादुर राजभण्डारी र माता रत्न देबी राजभण्डारीको स्मृतिमा २०५० सालमा स्थापना गरेको पुरस्कारबाट धौलागिरी क्याम्पसमा अध्ययनरत ४ जना बिद्यार्थीहरुलाई प्रदान गरिएको हो ।
पुरस्कृत हुनेमा स्नातक तहमा ब्यबस्थापन संकाय स्नातक तर्फ पार्वती पाठक शिक्षा शास्त्र तर्फ बागलुङ मल्मका अनिता कार्की मानविकी संकाय स्नातक तह उत्तिर्ण गर्ने बानपा १३ का राजेन्द्र बोहोरा र बिज्ञान संकाय स्नातक तह उत्तिर्ण गरि सर्बोकृष्ट अंक ल्याउने पुनम पुन रेहेका छन् । पुरस्कृत सबैलाई प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल र पुरस्कार संस्थानका अध्यक्ष लालचन्द्र राजभण्डारीले नगद सहित खादा र प्रशंसा पत्र प्रदान गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले पुरस्कारले शैक्षिक जागरण र समाजको गरिमा बढाएको बताए । उनंले यस्ताखाले पुरस्कारले बिद्यार्थीको शैक्षिक उन्नयनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने चर्चा गर्दै कोषलाई अझै बिकास र बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्याय नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष साहित्यकार काजी रोशन समाजसेवी विश्वनाथ रेग्मी, प्रगति मेमोरियल ट्रस्टका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, बिद्यामन्दिर माध्यमिक बिद्यालयका प्रधान अध्यापक जगन्नाथ आचार्य पुरस्कृत बिद्यार्थी अनिता कार्की राजेन्द्र बोहोरा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम तेज–रत्न स्मृति पुरस्कार संस्थानका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता सदस्य एबं समाजसेवी देबबहादुर श्रेष्ठको स्वागत मन्तब्य सदस्य सचिव महेशचन्द्र प्रधानको संचालनमा सम्पन्न भएको थियो ।
२०५० सालमा स्थापना भएको पुरस्कार संस्थाले धौलागिरि कै एकमात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गरि स्नातक तहमा सर्बोकृष्ट अंक ल्याउने बिद्यार्थी लाई पुरस्कृत गर्दै आएको छ ।