Sorry, that menu does not exist.
 

घुम्टे युवा परिवार जापान शाखाद्वारा जनप्रतिनिधी, कलाकार र समाजसेवी अभिनन्दित !

थम्मन थापा, (गल्काेट) बागलुङ २०७५ पुस २१ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाले विभिन्न विधामा अभिनन्दन गरेको छ । नयाॅ वर्ष २०१९ को शुभ अवसरमा आयोजित अभिनन्दन तथा अन्तरकृया कार्यक्रममा गल्कोट नगरपालिका ७ मल्म बागलुङमा जन्मेर नेपाली लोकगीत संगीतमा पुराएको अतुलनीय भुमिकाको प्रशंसा गर्दै बहुचर्चित लोक तथा दोहोरीगायक विष्णु खत्रीलाई १ थान पियानो, दोसल्ला र प्रशंसा पत्रले अभिनन्दन गरिएको थियो ।

संस्थाको आजीवन समेत रहेका गायक खत्रीले संस्थाको प्रगति र उन्नतिमा विगत लामो समय देखि योगदान पुर्याउदै आएका छन । अभिनन्दन पछि लोक तथा दोहोरी गायक विष्णु खत्रीले संस्थाले गरेको अभिनन्दनले नेपाली लोकगीत संगीतमा निरन्तर लाग्न थप हौसला र प्रेरणा मिलेको बताए ।

त्यस्तै एभरेष्ट इन्टरनेशनल एकेडेमीका प्रिन्सीपल प्रदिप थापाले वडा नं ७ को शैक्षिक क्षेत्रलाई गुणस्तर प्रदान गरि समय सापेक्ष अगाडी बढाउन जनप्रतिनिधि र सरोकारवालालाई सुझाव समेत दिएका िथए ।

सो अवसरमा ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्ती मगर, गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा घुम्टे युवा परिवारको केन्द्रिय समितिका सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापा, घुम्टे युवा परिवारका पुर्व उपाध्यक्ष खडक बहादुर थापा, भारतको दिल्ली शाखाका पुर्व उपाध्यक्ष छुम बहादुर थापा, संस्थालाई निरन्तर आर्थिक सहयोग गर्ने सहयोगदाता श्याम बहादुर थापा, नर बहादुर थापा, कालिका थापा, किसान बस्नेत, चन्द्र कुमारी थापालाई संस्थाको उन्नति प्रगतिमा खेलेको भुमिकाको कदर गर्दै दोसल्ला र प्रशंसा पत्रले अभिनन्दन गरिएको थियो ।

अभिनन्दन पछि बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले समृद्व समाज निर्माणमा सबै एकजुट हुनु पर्ने धारणा राखेका थिए । त्यस्तै वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले वडाको समग्र विकास र आगामी योजनाहरुको बारेमा जानकारी गराएका थिए । सो अवसरमा संरक्षक बेलु थापाले संस्थाको बारेमा अवधारणा प्रस्तुत गरेका थिए ।

जापान शाखाले स्थापना भएको छोटो समयमै झण्डै १४ लाख बराबरको सामाजिक कार्य सम्पन्न गरेको विवरण सह-कोषाध्यक्ष विष्णु थापाले प्रस्तुत गरेका थिए । अभिनन्दन तथा अन्तरकृया कार्यक्रम घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुको अध्यक्षता, उपाध्यक्ष कुलबिर थापाको स्वागत मन्तव्य र सचिव दिनेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply