भरत प्रसाद सापकोटा, बिहुँ (बागलुङ) २०७५ पुस २१ । काठेखोला गाउंपालिका वडा ५ बिहुँ पखरामा सन्चालन गरिएको बिहुँकोट अमर क्याम्पसको संचालक समितिको निर्वाचन प्रकिया संस्थापक सदस्यहरुबाट १३ जना निर्वाचित भई जानुपर्ने र तेहि निर्वाचित १३ सदस्यबाट अध्यक्ष बन्ने त्रिभुवन विश्वबिद्यालयको विधान अनुसार प्रकृया अघि बढाईएको थियो ।
सो प्रकृया बाट १० जनाले दरखास्त दिईएपनि आफुहरुलाई त्यो मान्ने नहुने, यदि त्यहि प्रकृयाबाट अघि बढे पुरै उनिहरुकै बहुमतमा चलाउन भन्दै नेकपाले सर्त राखेपछि गठन प्रकृया अन्योयल बनेको हो ।
त्यसपछि सर्बसम्मतिमा जानका लागि निक्कै बेर बैठैक बसेर छलफल बहस गरिएपनि सहमतिमा पुग्न नसकेपछी झनै अन्योल सिर्जना भएको छ । नेपाली काँग्रेस र नेकपाबाट के कति सदस्य जाने र को अध्यक्ष बन्ने बिषयमा दुबै पक्ष सहमतिमा आउन नखोज्नु समस्याको वड बन्नपुग्यो ।
काग्रेसको माग नेकपालाई मान्य नहुने र नेकपाको माग काग्रेसलाई मान्य नभए पछि राजनैतिक भागबन्डाका कारण क्याम्पस अनिर्णयको बन्दी बन्ने संकेत देखिन थालेको छ। नेकपाले अध्यक्ष काग्रेंसबाट भए आफुहरुको तर्फ बाट ७ जना र अध्यक्ष सहित काग्रेंसले ६जना लिनु पर्ने या ७ जना काग्रेस राखि अध्यक्ष सहित ६जना पाउनुपर्ने माग राखेपछि नेपाली काग्रेंसले विधि र प्रकृया कै बाटो रोज्ने या अध्यक्ष सहित ७ जना जानुपर्ने अडान राखेपछि, निवार्चन र सहमति दुबै प्रकृया सबै स्थगित भएको छ।
सम्वन्धित लिंकहरु:
नेतृत्वको गैह्र जिम्मेवारीले ९ महिना देखी बिहुँकोट अमर क्याम्पसको भवन शिलान्यासकै अवस्थामा !
अमर क्याम्पसको ७औ बार्षिकोत्सव : समाज विकासको महत्वपुर्ण आधार शिक्षा – वडा अध्यक्ष कडेंल