बागलुङ २०७५ पुस २१ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा रहेको जनमत माविको ३८ औं बार्षिक उत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । कार्यक्रमको उदघाट्न गर्दै बानपा–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले समाजमा शिक्षाको धेरै महत्व भएका कारण शिक्षा क्षेत्रको विकास निम्ती स्थानिय तहले पहल थाल्ने बताएका छन । उनले विद्यालयको शैक्षिक विकासका निम्ती वडाबाट हुने सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा जनताधन मावि श्रोत केन्द्रका श्रोत व्यक्ति लक्ष्मीकान्त पौडेल, बानपा –१३ का वडा सदस्य एकनाथ रेग्मी, भवानी प्रसाद रिजाल, नेपाल टे«डयुनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारी, नेकपा पैयुँपाटाका नेता, रेशम बहादुर क्षेत्री, नेपाली काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, विद्यालयका संस्थापक अध्यक्ष डिल्ली प्रसाद रिजाल, भुपू सैनिक पैयुँपाटाका अध्यक्ष तिलक बहादुर रोका, विद्यालय व्यवस्थापन समितिका सदस्य यज्ञप्रसाद रिजाल, विद्यार्थी किशोर लामिछाने, श्रीराम लामिछाने लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक परशुराम रिजालले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा जडान गरिएको सोलार सिष्टम र जापानमा रहेका नेपाली दाजुभाईको सहयोगमा स्थापना भएको कम्प्युटर तथा पुस्तकालय व्यवस्थापनको उद््घाटन गरिएको थियो । साथै विद्यालयको हाल सम्मको गतिविधि समेटिएको बुलेटिनका विमोचन गरिएको थियो ।
कार्यक्रममा विद्यालयको शैक्षिक उन्नतीका लागि सहयोग गर्ने चन्दादातालाई सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरप्रसाद रिजालको अध्यक्षता शिक्षक दुर्गा रिजालको स्वागत र शिक्षक ठाकुर प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो । २०३७ सालमा स्थापना भएको विद्यालय २०५९ सालदेखी आधारभुत तह र २०६५ सालदेखी मावि तहको कक्षा संचालन गरिएको थियो । कार्यक्रममा विद्यालयमा स्थापना भएका विभिन्न प्रतिभा पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीहरुबाट सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।