Sorry, that menu does not exist.
 

महालेखा परीक्षकको गैससहरुको स्थिति विषयक अन्तरक्रिया सम्पन्न !

बागलुङ २०७५ पुस २४ । जिल्ला प्रशासन कार्यालय बागलुङ हालै गैरसरकारी संस्थाहरुको स्थिति विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न जिल्ला स्थित गैरसरकारी संस्थाहरुका प्रमुख एवं प्रतिनिधीहरु सहभागी रहेको अन्तरक्रिया कार्यक्रममा महालेखा परीक्षक कार्यालयका निर्देशक नीर प्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै अब देखी गैससहरुले सन्चालन गर्ने कार्यक्रम र योजनाहरुको मलेप बाट स्थलगत अध्ययन गरी कार्यमुलक लेखा परीक्षण गरिने जानकारी दिँदै यसले गर्दा गैससहरुले सन्चालन गर्ने कार्यहरुमा पारदर्शिता आउने विश्वास समेत व्यक्त गरे ।

अन्तरक्रियामा सबै ७७ जिल्लाहरुका गैससहरुलाई मलेप बिभागबाट तयार पारिएको प्रश्नावली वितरण गरी प्राप्त विवरणहरुको आधारमा प्रतिवेदन तयार पारी गैससहरुको अनुगमन प्रणाली सदृढ गराउने जानकारी दिईएको थियो ।

कार्यक्रममा गैसस महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए भने कार्यक्रमको सन्चालन प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply