कोपिला कंडेल, बागलुङ २०७५ पुस २६ । धौलागिरि अन्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर कुमार राजभण्डारीले स्वास्थ मन्त्रालयले तोकेका दरबन्दी अनुसारका डाक्टर अस्पतालमा ल्याउन नसक्दा बिरामीका लागि सेवा प्रवाहमा चुनौती थपिएको बताए ।
धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको १४ औ साक्षात्कार कार्यक्रममा डाक्टर राजभण्डारीले अस्पतालमा सुबिधाजन्य भवन लगायत बिरामीको सेवाको लागि चाहिने उपकरण भए पनि बिशेषज्ञ डाक्टरको अभावका कारण बेला बेला समस्या उत्पन्न हुने गरेको उनको भनाई थियो ।
बागलुङ सानो बजार भएकोले बिशेषज्ञ डाक्टर टिकाउन मुस्किल हुन्छ भन्दै डा राजभण्डारीले दरबन्दी अनुसारका डाक्टर उपलब्ध हुन सके अस्पताल बाट प्रभाह हुने सेवा थप प्रभावकारी हुने बताए । उनले बिशेषज्ञ डाक्टरको अभावमा आफु जुनसुकै बेलापनि तोकिएको भन्दा धेरै समय काममा खटिनुपर्दा कठिनाई उत्पन्न भएको उनको भनाई थियो ।
अस्पताल भित्र धेरै प्रकारको सेवा सुबिधा भए पनि त्यसको प्रचारप्रसार हुन नसक्दा बिरामीले बाहिर महंगो उपचार गराउने गरेको बताउदै अहिले अस्पतालको भवनको बि ब्लक निर्माणको काम सम्पन्न भएपछि मात्र थप सेवा प्रवाह हुने उनले बताए । भवन निर्माणको काम निकै सुस्त गतिमा भएको हुदा यसलाई छिटोभन्दा छिटो सम्पन्न गराउन सबै सरोकारवालाले दबाब सृजना गर्नुपर्नेमा जोड दिए ।
धौलागिरि अन्चल अस्पताल भित्र सेवा लिन आउने बिरामीलाई बाहिरी जिल्लामा पठाउन नपर्ने बाताबरण तयार गरिरहेका छौ, सबैको सहकार्य समन्वय र एकताबाट अस्पताललाई थप सेवा सुबिधा सम्पन्न बनाउन सकिन्छ उनले थपे ।
कार्यक्रम धौलागिरी संचार क्लबका अध्यक्ष राजेसचन्द्र राजभण्डारीको अध्यक्षता र सदस्य कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।