Sorry, that menu does not exist.
 

पर्वतका सामुदायिक वनहरुमा जता हे-यो, उतै जाल-पासो : कालिजको ‘क’ भेट्टाउन गाह्रो भो !

निर्मल पौडेल, कुस्मा (पर्वत) २०७५ पुस २६ । सामुदायिक वन,पखेरावारी, डाँडापाखामा छ्याप छ्याप्ती पाईने र देख्न सकिने कालिज अर्थात वन कुखुरा पर्वतमा लोपोन्मोख अवस्थामा पुगेको छ । पछिल्लो समय सामुदायिक वनहरुमा शिकारीहरुको विगविगी वढेसँगै कालिजको अस्तित्व संकटमा परेको हो । जिल्लाका समथर भूभाग देखि उच्च लेकाली भूभागका विभिन्न ठाउँ तथा वनहरुमा देखिने कालिज आजभोलि देखिन छाडेका छन् ।

कालिज मात्र हैन मृग र हरिण पनि उस्तै अवस्थामा पुगेका छन् । कुनैपनि वन्यजन्तुको चोरी शिकारी निकासी तथा पैठारी गर्ने कार्य कानुन विपरीत भएपनि शिकारीहरुको चलखेल वढेसंगै यस्ता वन्यजन्तुको अस्तित्व संकटमा परेको हो । जिल्लाको कुस्मा नगरपालिका ७ खरेहाको भड्खोरे सामुदायिक वनमा अहिले सवै वन चाहर्दा पनि एउटा कालिज देख्न नसकिने भड्खोरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेज गिरी कान्छाले वताए । उनी भन्छन् “पहिले यहिँ घरआगनमै देख्ने पाईन्थ्यो कालिज हेर्दामा पनि सुन्दर पंक्षी अहिले सवै वन चाहर्दा पनि कालिजको क समेत भेट्न सकिँदैन ।” सदरमुकाम कुस्मा वजार नजिकै रहेको यस वनमा कालिज मात्र हैन हरिण पनि देख्न छाडिएको छ । वनमा जाँदा चराचुरुङ्गी संगै मृग सावकहरु अगाडि पछाडि लाग्दा छुट्टै आनन्द हुन्थ्यो गिरिले थपे अहिले तिनै पशुपंक्षीहरुलाई थापिएका जालपाशा वाहेक केहि फेला पर्दैनन् । २ दिन अगाडि मात्र वनरक्षक शोभाकान्त शर्माले वनमा कालिजलाई जालमा पार्दै र मार्दै हिड्ने केही व्याक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा भागेको अध्यक्ष गिरीको भनाई छ ।

कुस्मा नगरपालिकाका सामुदायिक वनमा मात्र हैन फलेवास नगरपालिकाका सामुदायिक वनहरुमा पनि वन्यजन्तुहरुको स्थिति यस्तै छ । गिरीलाई जस्तै फ।न।पा। ७ लिमिठानाका भुवानी पौडेललाई पनि आफ्नो सामुदायिक वनमा कालिज लोप हुँदै जानुले निकै चिन्ता लागेको छ । पौडेलका अनुसार, आँटिघर सामुदायिक वनमा अहिले कालिज देख्न पाईदैन । पहिले पहिले वन पाखामा जाँदा अगाडि पछाडी चल्ला लिएर हिड्थे, अहिले न कराएको सुनिन्छ न देख्न पाइन्छ । नौलो छ आजभोलि ।

”कालिज सोझो र लाटो पंक्षी मानिन्छ । साँझ परेपछी खेतवारीका आडहरुमा वास वसाल्नेहरु अझैपनि पाईन्छकी भनेर खोज्दै हिडने गरेको पौडेलको भनाई छ । वजारमा प्रतिगोटा कालिजको ३ हजार देखि ४ हजार रुपैया सम्ममा केहि मानिसहरु विक्री गदै हिड्ने गरको आफुले देखेको कुस्मा वजारका एक व्यापारीले वताए ।

कालिज जिल्लाका अन्य गाउँपालिकाहरुमा पनि लोप भैसकेको स्थानियहरुको गुनासो रहेको छ । कालिज साधारण पंक्षीमा पर्ने भएपनि जिल्लामा लोपोन्मुख अवस्थामा पुगिसकेकोले वन्यजन्तुको चोरी शिकारीमा संलग्न जो कोहीलाई पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाही हुने वन डिभिजन कार्यलय पर्वतका प्रमुख दधिलाल कडेँलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply