Sorry, that menu does not exist.
 

बिबिध कार्यक्रमको आयोजना गरी गाजाकोे रजत जयन्ती लेखानीमा मनाईदै !

बागलुङ २०७५ पुस २६ । नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशन बागलुङले स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउन सुरु गरेको छ । त्रिदिवसीय कार्यक्रम सहित मनाउन लागेको फाउण्डेसनले पहिलो दिन निःशुल्क स्वास्थ्य शिविर, माटो परिक्षण, कृषि प्रदर्शनी र दोहोरी गित प्रतियोगिता संचालन गरेको छ ।

काठेखोला–८ लेखानीमा स्थापना भएको फाउण्डेशन पहिले गाजा युवा क्लबको नामबाट परिचित रहेको थियो । संस्थाले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । पहिलो दिन आयोजित निःशुल्क स्वास्थ्य शिविरको उदघाट्न गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले गरेका थिए ।

उदघाट्न पश्चात बोल्दै तिवारीले जिल्लामा स्वास्थ्य क्षेत्रमा निकै क्रियाशील रहेको संस्थाले गाउँ गाउँमा शिविर पनि संचालन गर्नु निकै प्रशंसनीय काम रहेको बताए । उनले संस्थाले समाजिक क्षेत्रमा निकै ठुलो योगदान पु¥याउन सफल भएको पनि बताए ।

कार्यक्रममा गण्डकी मेडिकल कलेज पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर शर्मा कंडेल, रोटरी क्लब अफ बागलुङका अध्यक्ष विना कार्की लगायतले बोलेका थिए ।

शिविर रोटरी क्लब अफ बागलुङ र स्वास्थ्य कार्यालय बागलुङको सहयोग, लेखानी स्वास्थ्य चौकीको संयोजन र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा संचालन भएको थियो ।

कशिविरमा हाडजोर्नी, नशा रोग, स्त्रीरोग, पाठेघरका समस्या भएका महिलाहरु र आँखा, नाक, कान घाँटीका समस्या भएका विरामीहरुले सेवा लिएका थिए । शिविरमा ३ सय ४७ जना विरामीले सेवा लिएको गाजा डेभलपमेण्ड फाउण्डेशनका कार्यक्रम संयोजक विश्वनाथ आचार्यले जानकारी दिए । शिविरमा १० जना डाक्टर र १ जना स्टाफनर्स सहित ११ जना स्वास्थ्यकर्मीको सक्रियता रहेको थियो ।
रजत जयन्तीको अवसरमा शुक्रबार हाजिर जवाफ प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रम संचालन गरिने छ । त्यसै शनिबार मुख्य समारोहको उदघाट्न पूर्व मन्त्री एनपी साउदले गर्ने तय भएको फाउण्डेशनका सहसचिव नरेश कंडेलले जानकारी दिए । संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रम काठेखोला गाउँपालिका–८ लेखानीका वडा अध्यक्ष चित्रा श्रीसको अध्यक्षता नेपाल गाजा डेभलपमेण्ड फाउण्डेसनका सचिव यामलाल कंडेलको स्वागत र लेखानी स्वास्थ्य चौकीका प्रमुख केयरसिंह थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply