भरत सापकोटा बागलुङ बिहुँ २०७५ पुस २६ । बिहुँकोटमा दुई सय घर परिवारलाई आधुनिक चुलो वितरण कार्यक्रम सम्पन्न भएकोछ। बागलुङ जिल्लाको काठेखोला गाउंपालिका वडा ५ आज रकेट ग्यासिफाएर चुलो बितरण गरिएको छ।
वडा अध्यक्ष शिव प्रसाद कडेंलको संयोजक्त्वमा २ सय वटा आधुनिक चुलो वितरण गरिएको छ । वितरण कार्यक्रममा बोल्दै कडेंलले यति धेरै माग हुन्छ जस्तो लागेको थिएन तर कम दाउरा खपत गर्ने छिटो र छरितो धुवांरहित भएकाले स्थानियहरुले निक्कै चाँसोका साथ लिईरहेको खुशी ब्यक्त गर्दै गत बर्ष बजारमा यो चुलो प्रत्येक थान रु २५ सय देखि ३ हजार सम्म बिक्रि भएको बताउदै अहिले जनतालाई रु ५०० प्रतिगोटा उपलब्ध गराईएको जानकारी दिए । जुन कम्पनि कै रेट हो हामिले अनुदान हिसाबले नै बितरण गरेका छौ उनले भने त्यस्मा बागलुङ देखि वडा कार्यलय सम्म आउने भाडा समेत आफुले नलिने उनले बताए ।
माग फम का आधारमा जम्मा २सय मात्र मगाईए पनि २सय५० भन्दा बढि माग भएकाले थप मगाएर वितरण गरिने वडा सचिव कमल प्रसाद कडेंलले बताए।
हस्कस पावर कम्पनिले नेपालमै उत्पादिक गरेको यो चुलो देशका विभिन्न जिल्लाहरुमा यस अघि वितरण गरिसकिएको र यसको माग अति नै धेरै भएको कम्पनिका अधिकारीहरु बताउछन्।