झम सिर्पाली, निसीखोला (बागलुङ) २०७५ पुस २७ । जनहित आधारभूत विद्यालयमा बकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको पश्चिम क्षेत्र निसीखोला गाउँपालिका २ काल्नेचौरमा स्थित जनहित आधारभूत विद्यालयमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आधारभूत तहस्तरिय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
पृथ्वीनारायण शाहको योगदान र एकताको सन्देशलाई उजागर गर्नुका साथै विद्यार्थीहरुको क्षमता अभिबृध्दी गर्ने अभिप्रायका साथ विद्यालयमा गठित जनहित बाल क्लवद्वारा आयोजना गरिएको उक्त प्रतियोगिताको विषय ूएकताको महत्वू रहेको थियो ।
१५ जना छात्रछात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा कक्षा ६ की छात्रा शोभा सिर्पाली प्रथम, कक्षा ५ का छात्रराज विश्वकर्मा व्दितीय र कक्षा ६ का छात्र सन्दिप खत्री तृतिय भएका छन ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईद बहादुर रसाईलीले बोल्दै एकताको सन्देश दिने यस्ता कार्यक्रम विद्यालयमा मात्र नभई अन्य सामाजिक संघसंस्थाहरुले समेत आयोजना गर्न आवश्यक रहेको बताए । विद्यालयकी प्रधानाध्यापिका निलकुमारी खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष नोक बहादुर खत्री, शिक्षक तथा अभिभावक लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा बाल क्लवकी कोषाध्यक्ष तथा कक्षा ६ मा अध्ययनरत छात्रा सुषमा घर्तीको स्वागत मन्तव्य रहेको थियो ।
बाल क्लवका अध्यक्ष गगन रसाईलीको अध्यक्षता रहेको उक्त कार्यक्रमको बाल क्लव सचिव रवि सिर्पालीको संचालनमा सप्पन्न भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतिय स्थान हासिल गर्न सफल प्रतियोगिलाई स्टेसनरीद्वारा पुरस्कृत गरिएको छ ।
एष्अ