कोपिला कंडेल, बागलुङ २०७५ पुस २७ । बा.न.पा ४ कुडुले फेदी स्थित श्रीरंङ्ग बैकंटेश मन्दिर मुक्तिनाथ बेदबिद्याश्रम एबं संस्कृत पाठशालाले आफ्नो ३३ औ बार्षिकोत्सव मनाएको छ ।
सनातन बैदिक धर्मको रक्षा गर्दै धर्म र संस्कृतिको रक्षा एबं सामाजिक बिकासका लागि स्वामी श्री श्रीधराचार्यको सक्रियतामा २०४२ सालमा स्थापना गरिएको मन्दिर एबं सांस्कृतिक पाठशालाको ३३ औ साधारण सभा मनाईएको हो ।
सो अवसरमा मन्दिरका अध्यक्ष एबं उ्रत्तराधिकारी स्वामी श्री ऋषि प्रपन्नाचार्यले धर्म संस्कृतिको बिकास गर्दै समाजमा हुन सक्ने बिकृति बिसंगतीको अन्त्यको लागि मन्दिर र संस्कृत पाठशालाको संरक्षणमा प्रबद्धन गर्नुपर्ने बताए । सनातन बैदिक हिन्दु धर्मको प्रचार एबं समाजलाई सहि मार्ग तर्फ डोर्याउन स्वामी श्रीधराचार्यले कठोर मेहेनत गरेपनि मन्दिरले आटेका संरचना एबं भौतिक सुधार संस्कृति पाठशालाको समेत बिस्तार र बिकास गर्ने जिम्मा अव समुदाय र आफुहरुको काधमा आएको चर्चा गर्दै स्वामी श्री ऋषि प्रपन्नाचार्यले सबै मिलेर अगाडी बढे बागलुङ लगायत गण्डकी प्रदेश लाईनै पर्यटकीय गन्तब्यको रुपमा चिनाउन सकिनेमा जोड दिए ।
सो अवसरमा संस्कृत पाठशालाका प्रधानाध्यापक शान्ति ज्ञवालीले प्रगति प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयको सेवा क्षेत्र कम भएकाले संस्कृत शिक्षा र बेद तर्फ आकर्षित गर्न कठिनाई भएको बताए । उनले आगामी दिनमा सांस्कृतिक तथा बेदमा आधारित कक्षा १२ कक्षा सम्म संचालन गर्ने योजना रहेको जानकारी दिए ।
साधारण सभा नगर शिक्षा अधिकारी ठाकुर जी तिवारी जिल्ला शिक्षा समन्वय समिति प्रमुख कुश्मराज उपाध्याय शाखा अधिकृत सरिता देबी शर्मा श्रोत ब्यक्ति लक्ष्मीकान्त शर्मा ढक बहादुर पुन लगायतको उपस्थीतिमा साधारण सभा सम्पन्न गरिएको संस्कृत पाठशालाका प्रधानाध्यापक शान्ति ज्ञवालीले जानकारी दिए ।
सो अवसरमा पुस महिना भरी हुने धर्नुमास अन्र्तगत भगवानको पुजा अर्चना सहित उत्सव मनाइएको संस्कृत पाठशाला ब्यवस्थापन समितिका अध्यक्ष सहदेब राजभण्डारीले जानकारी दिए ।