Sorry, that menu does not exist.
 

बुर्तिबाङमा नेपाल शिक्षक सङ्घको प्रथम स्थानीय प्रतिनिधी सभा सम्पन्न !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ पुस २८ । बुर्तिबाङमा नेपाल शिक्षक संघको प्रथम स्थानीय प्रतिनिधी सभा शुक्रबार सम्पन्न भएको छ ।

स्थानिय तह पुनसंरचना पश्चात संगठनले पहिलो पटक तिन स्थानिय तहको विचमा कार्यक्रम गर्दे आफनो बिधान तथा भावि कार्यक्रम लगाएतका बिषयमा छलफल समेत गरेको छ ।

नेपाल शिक्षक संघ स्थानिय कार्य समिती ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको संयुक्त आयोजनामा भएको आयोजित कार्यक्रममा प्रमुख अतिथी नेपाल शिक्षक संघ संघिय सदस्य देवेन्द्र बहादुर खत्रीले बोल्दै शिक्षकको पेशागत हक हितका निम्ती सम्पुर्ण नेपाल शिक्षक सँघमा आवद्ध शिक्षकहरु एकढिक्का बन्नुपर्ने बताउँदै शैक्षिक गुणस्तर देखि विद्यालयको व्यवस्थापनमा समेत जागरुक र सँघर्षशील बन्नुपर्नेमा जोड दिए ।

उनले नेपाली काँग्रेस पार्टीले शिक्षक संघलाई हेर्ने दृष्टिकोण फरक भएका कारण त्यसलाई सच्चाएर एक आपसमा समन्वय गरेर अगाडी बद्नुको विकल्प नरहेको बताउँदै केन्द्रिय समितीले लिएका कार्यक्रम र योजनाका विषयमा प्रष्ट पारेका थिए ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी नेपाली काँग्रेस जिल्ला कार्यसमिती कार्यवाहक सभापती जगदिशचन्द्र उपाध्यायले बोल्दै बर्तमान दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकेको आरोप लगाए । नेपाली काँग्रेस पार्टीले छाँया सरकारको रुपमा सशतm भुमिका खेल्न थालेको बताउँदै उपाध्यायले काम नगर्ने तर फुटानी मात्र छोड्ने सरकारदेखि संयमित हुनुपर्ने समय आएको पनि उल्लेख गरे ।

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेलले बोल्दै शिक्षकहरु आफनो पेशातर्फ सक्रिय रुपमा अगाडी बढनुपर्ने बताए । उनले शिक्षकका हक र अधिकारका निम्ती नेपाल शिक्षक संघ सक्रियता पुर्वक अगाडी बढिरहने प्रतिबध्दता समेत जनाए ।

कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती बागलुङका सभापती उमाकान्त सर्मा पौडेलले बोल्दै शिक्षकको पेशागत हक अधिकारका निम्ती सवै पालिकामा शिक्षकहरु सक्रियपुर्वक जुट्न आग्रह गर्दे जिल्ला समितीले समेत त्यसको व्यवस्थापनका निम्ती महत्वपुर्ण भुमिका खेल्ने बताए ।

त्यस्तै नेपाली कांग्रेस बागलुङ क्षेत्र नं.२ सभापती दोर्णकुमार कुवंरले बोल्दै नेपाल शिक्षक सघ गुट रहित संगठन भएका कारण यसलाई अझै सशतm बनाएर अगाडी बढाउनु पर्नेमा जोड दिंदै नेपाली कांग्रेस पार्टीको महत्वपुर्ण संगठन रहेको बताउँदै पार्टीलाई उचाईमा पुर्याउनका निम्ती नेपाल शिक्षक संघले खेलेको भुमिकाको चर्चा गर्दे आगामी पार्टीको निर्वाचनमा समेत आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गर्दै सङ्गठनलाई मजबुदका साथ अगाडी बढाउन आग्रह गरे ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी जित शेरचनले बोल्दै नेपाली कांग्रेसका मुद्दालाई जोगाउन र समाज रुपान्तरणको निम्ती शिक्षक सङ्गठनले खेलेको भुमिकाको चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यार्थी संघ केन्द्रिय सह–महामन्त्री हरिहर शर्मा, निसीखोला गाउंपालिका उपाध्यक्ष शोभाकुमारी कार्की, तमानखोला गाउँपालिका उपाध्यक्ष मानशरी शेरचन, नेपाली कांग्रेस जिल्ला सदस्य गण्डकी थापा अधिकारी, भुपु सैनिक संघ प्रतिनीधि होसियार सि.ह थापा, नेपाल विद्यार्थी संघ बागलुङका जिल्ला सचिव श्री कृष्ण पौडेल नेपाली कांग्रेस तमानखोला गाउँपालिका सभापती खगेन्द्रमान पुन लगाएतको मन्तव्य रहेको थियो ।

नेपाल शिक्षक सङ्घ निसीखोला गाउँपालिका सम्योजक मानबहादुर केशिको स्वागत, ढोरपाटन नगर सम्योजक निमबहादुर जिसी नविनको अध्यक्षता तमानखोला सम्योजक आकाश सिंह ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply