Sorry, that menu does not exist.
 

नेपाल शिक्षक संघ, काग्रेसको आदेश र सिद्धान्त अनुसार चल्ने भातृ संगठन हो : खत्री

गुमानसिँह भण्डारी, गल्कोट २०७५ पुस २८ । संघीय सरकारले शिक्षकहरुलाई स्थानिय तह मार्फत तलब भत्ता दिने ब्यवस्था मान्य नहुने भन्दै यस्तो खाले निर्णय फिर्ता हुनुपर्ने नेपाल शिक्षक संघका संघिय सदस्य देबेन्द्र बहादुर खत्रीले बताएका छन् । नेपाल शिक्षक संघ गलकोट नगरपालिका, वडीगाड र ताराखोला गाउपालिकाको सयुक्त आयोजनामा गल्कोटको हटियामा आयोजना गरिएको प्रथम स्थानिय प्रतिनिधि सभालाई सम्बोधन गर्दै खत्रीले यस्तो बताएका हुन् ।

खत्रीले शिक्षकहरुको सुझाव, सल्लाहा नगरि आयोग गठन भएको भन्दै यसको औचित्व नहुने बताउदै नेपाल शिक्षक संघ काग्रेसको आदेश र सिद्धान्त अनुसार चल्ने भातृ संगठन भएकोमा जोड दिए । बिगतको द्धन्द्धकालमा प्रजातन्त्रको लागी गाउघरमा नेपाल शिक्षक संघले संगठन जोगाउनका लागी महत्वपुर्ण भुमिका खेलेको खत्रीको भनाई थियो ।

कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, महाधिबेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, महाधिबेशन प्रतिनिधि जित शेरचन, नेपाल शिक्षक संघका गण्डकी प्रदेशका महासचिव सागर खरेल, नेपाल बिद्यार्थी संघका केन्द्रिय सह महामन्त्री हरिहर शर्मा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त शर्मा, प्रदेश प्रतिनिधि सदस्य ढुण्डिराज पौडेल, जिल्ला उपाध्यक्ष सीता शर्मा, सल्लाहकार राम बहादुर खत्री, जिल्ला सचिव हेमराज गैरे, नेपाली काग्रेसका नगर समिति सदस्य ढालिन्द्रप्रसाद गौतम, स्रोतब्यक्ति दिनेश पन्त, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन गलकोटका अध्यक्ष चुडामणि शर्मा, अखिल नेपाल शिक्षक संघका टिकाराम कडेल, गलकोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हेमन्त भण्डारी, ३ का अध्यक्ष बिरजङ भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । ।
सो अवसरमा मायादेवी शर्माको संयोजकत्वमा नेपाल महिला संघ गलकोट महिला बिभाग, भगवती मल्लको संयोजकत्वमा बडीगाड बिभाग र मिना रोका मगरको संयोजकत्वमा ताराखोला बिभाग गठन गरिएको छ ।

कार्यक्रम नेपाल शिक्षक संघ गल्कोटका अध्यक्ष हरि चालिसेको अध्यक्षता, सचिव गुञ्ज बहादुर खत्रीको स्वागत मन्तब्य र बडिगाडका सचिव कमल खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply