Sorry, that menu does not exist.
 

बिहुँ घोँडाबाँधेको भ्यूटावरमा अफिसर्स क्लव बागलुङको बनभोज सहित साधारण सभा सम्पन्न

कमल पौडेल, बागलुङ घोँडाबाँधे २०७५ पुस २८ । अफिसर्स क्लव बागलुङको ३८ औं वार्षिक साधारण सभा काठेखोला गाउँपालिका बिहुँको घोँडावाँधे, भ्यूटावरमा बनभोज सहित सम्पन्न भएको छ ।

गत वर्ष माघ २० गते सम्पन्न क्लबको साधारण सभाले गठन गरेको २ वर्षिय कार्यकालको पूर्ण कार्य समितिमा विभिन्न कारणबाट रिक्त पदहरुको पूर्ति शनिवार सम्पन्न साधारण सभाले गरेको छ । साधारणसभाले क्लवको उपाध्यक्षमा शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सचिन्द्र कुमार देव, कोषाध्यक्षमा आन्तरीक राजश्व कार्यालयका कर अधिकृत सुन्दर श्रेष्ठ, लगाएत सदस्यहरुमा अर्जुनवाणगण घाँेडावाँधेका सेनानी राज कुमार महत, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछाने, प्रहरी निरीक्षक परशुराम मल्ल, धौलागिरि अञ्चल अस्पतालका डाक्टर पर्निता राजभण्डारी थपिएपछी क्लवको ११ सदस्यीय कार्यसमितिले पूर्णता पाएको हो ।

क्लबले पूर्णता प्राप्त गरेसँगै कार्य समितिमा अध्यक्ष दिपक प्रसाद तिवारी, उपाध्यक्ष सचिन्द्र कुमार देव, सचिवमा सरितादेवी शर्मा, कोषाध्यक्षमा सुन्दर श्रेष्ठ, सहसचिवमा कपिलराज पाण्डे, सदस्यहरुमा राम वहादुर थापा, मनोज श्रेष्ठ, राज कुमार महत, केशव लामिछाने, परशुराम मल्ल, डा. पर्निता राजभण्डारी रहेका छन् ।

क्लवको प्रमुख संरक्षक उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटी, संरक्षकमा न्यायाधीश हरि प्रसाद पौडेल, न्यायाधीश शकुन्तला घिमिरे, विशेष संरक्षकमा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल रहेका छन् ।

त्यस्तै क्लबको सल्लाहकारमा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डित, अर्जुनवाण गण घोडावाँधेका प्रमुख सेनानी भुवनराज देवकोटा, धौलागिरि अञ्चल अस्पतालका प्रमुख डा. सागरकुमार राजभण्डारी, उच्च अदालतका रजिष्ट्रार कृष्ण प्रसाद पौडेल राखिएको छ ।

नवगठित कार्यसमितिलाई शुभकामना दिँदै उच्च अदालत बागलुङ इजलासका मुख्य न्यायाधीश शिवाकोटीले अफिसर्स क्लवले न्यायक्षेत्रका व्यक्तिहरुलाई समेत समेटेकोमा खुसी व्यक्त गरेका थिए ।

क्लबका विशेष संरक्षक प्रमुख जिल्ला अधिकारी खरेलले क्लव कर्मचारीको कार्यालय समय वाहेकको समयमा सिकाइ संगठनको रुपमा विकास भएको उल्लेख गर्दै दोश्रो घरको उपमा दिए । वनभोज सहित आयोजना गरिएको साधारण सभामा विभिन्न भूमिकामा रहने सवैलाई धन्यवाद दिँदै प्रजिअ खरेलले उत्तरगंगा विशेषांकले बागलुङको पुरानो कार्यालय संरचनाको चिनारी दिएको दावी समेत गरे ।

यसै विच लामोसमय पछि प्रकाशन गरिएको उत्तरगंगा चौथो अंकको समेत वितरण गरिएको छ। बागलुङ जिल्लाका कार्यालयहरुको कार्य प्रगति समेटिएको विशेषांक क्लवले प्रकाशन गरेपनि लामोसमयदेखि वन्द रहेको थियो। प्रमुख जिल्ला अधिकारी खरेलको विशेष पहलमा यो वर्ष चौथो अंक प्रकाशन गरिएको हो ।

९० जना अफिसर्स क्लवका सदस्यहरुको सहभागिता रहेको सो वनभोज सहितको साधारण सभाले सचिव सरितादेवी शर्माले प्रस्तुत गरेको प्रगति तथा रु ६३ हजार वरावरको आर्थिक प्रतिवेदन पारित गरेको छ।

सोहि अवसरमा आयोजित घैंटोफोड प्रतियोगितामा न्यायाधीश हरि प्रसाद पौडेल विजयी भए । कार्यक्रममा उत्कृष्ठ प्रतिभा प्रस्तुत गर्ने डेन्टल सर्जन डा. सञ्जु पौडेल र ल्याव अधिकृत सूरज वराललाई कदर समेत गरिएको थियो।

सो साधारण सभा क्लवका अध्यक्ष दिपक प्रसाद तिवारीको अध्यक्षता, तथा सचिव सरितादेवी शर्माको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply