Sorry, that menu does not exist.
 

एघार बुँदे बागलुङ घोषणा पत्र जारी गर्दै नेपाल मगर संघ गण्डकी प्रदेश प्रथम अधिवेशन सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७५ पुस २९ । नेपाल मगर सघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुका सिद्धान्त गर्जा मगर चयन भएका छन् । सघंले आईतबार बागलुङ्गमा पत्रकार सम्मेलन गरी यहि पुस २७ र २८ गते बागलुङमा सम्पन्न सघंको प्रथम अधिवेशनबाट अध्यक्षमा गर्जा सहित ३५ सदस्यीय नर्या कार्य समिति चयन गरेको जानकारी गराएको हो ।

समितिको प्रथम उपाध्यक्षमा बागलुङका गणेश थापा मगर उपाध्यक्ष हेम बहादुर थापा मगर मुख्य सचिव पर्वतका बिष्णु बहादुर राना मगर सचिव स्याङ्गजाका हेमन्त थापा मगर म्याग्दीका राजकुमार थापा मगर नवलपुरका देवीसरा पुलामी मगर नवलपुर महिला सचिव कास्कीका तारामायां थापा मगर कोषाध्यक्षमा नवलपुरका तुल बहादुर सुनारीमगर र सह कोषाध्यक्षमा गोर्खाका मोहन थापा मगर चयन भएका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा याम कुमारी राना पर्वत डिल बहादुर आले मगर लमजुङ्ग नन्द बहादुर थापा मागर तनहुं, भिम कुमारी आले तनहु,ं ईन्द्र बहादुर थापा तनहु, पबित्रा थापा मगर नेपाल महिला मगर सघ,ं टंक बहादुर रानामगर गोरखा, ईन्द्र माया राना मगर गोरखा, सुस्मीता थापा मगर नवलपुर उत्तम प्रसाद वकावल मगर नवलपुर सिहं बहादुर ढेंगा मगर नवलपुर रास बहादुर थापा मगर कास्की बुद्धि कुमारी थापा मगर कास्की ज्ञानीसरा थापा मगर कास्की दान बहादुर थापा मगर स्याङ्जा नारायण थापा मगर स्याङ्जा लक्ष्मी राना स्याङ्जा बाल कुमार रोका मगर म्याग्दी अनिल रामजाली मगर म्याग्दी याम कुमारी गर्बुजा मगर म्याग्दी भवानीशंकर पुन मगर छविकला थापा मगर बागलुङ्ग योगेश भण्डारी मगर बागलुङ जित बहादुर पुनमगर पर्वत र याम बहादुर पुन मगर लमजुङ्ग रहेका छन् । बाकी १० सदस्य पद पछि थप गर्ने मगर सघंले जनाएको छ ।

अधिवेशनले ११ बुदे बागलुङ घोषणा पत्र जारी गरेको छ । सघंले जारी गरेको घोषणा पत्रमा नेपालको संविधान २०७२ द्धारा टुक्राईएको ऐतिहासिक मगरात भुमिलाई भौगोलिक निरन्तरताका आधारमा एकताबद्ध गर्दै नयां सीमांकन सहितको मगरात प्रदेश प्राप्तीको लागि सघर्षलाई जारी राख्ने सघंको जहां मगर त्यहां मगर सघं, जहां मगर त्यहां मगरात स्वायत्त भन्ने नारालाई प्रदेश स्तरमा कार्यान्वयन गर्ने, संविधानले सुनिश्चित गरेका स्वायत्त क्षेत्र संरक्षित क्षेत्र र विषेश क्षेत्रको व्यवस्थालाई कार्यान्वयन गर्न गराउन सघर्ष गर्ने ऐतिहासिक मगरात क्षेत्रभित्रका स्थानहरुमा हाल स्थानीय तह नामांकनका क्रममा भएको अस्वभाविक संस्कृतिकरणलाई एतिहासिकताका आधारमा पुनं नामांकन गर्न सघर्ष गर्ने लगायतका ११ बुदा उल्लेख गरिएको छ ।

सो अवसरमा बोल्दै नेपाल मगर सघंका नवनिर्वाचित अध्यक्ष सिद्धान्त गर्जा मगरले मगर आदीबासी जनजाति लगायत पिछडिएको वर्ग र क्षेत्रको पहिचान र अधिकारको लागि आफु निरन्तर लागिपर्ने बताए । कार्यक्रमको संचालन नेपाल मगर सघं बागलुङका अध्यक्ष एबं नवनिर्वाचित गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष गणेश थापा मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply