गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ २ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पीडामा मल्हम लगाउने काम नेपाल रेडक्रस सोसाईटी गर्ने गरेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी उपस.शाखा हटियाको १८ औ बार्षिक साधारण सभाको अवसरमा बोल्दै नगरप्रमुख गैरेले पीडितको नजिक रहेर काम गर्ने संस्था नेपाल रेडक्रस सोसाईटी भएको उल्लेख गर्दै पीडामा परेकाहरुले समेत रेडक्रसको नाम लिने गरेको बताए । उनले मानव सेवाको रुपमा तत्पर भएर काम गर्ने संस्थामा समेत राजनीति मौलाईरहेको भन्दै मानव सेवामा राजनीति मिसाउनु आफैमा दुखको बिषय भएको उल्लेख गरे । आजभोलि जुनकुनै संघ, संस्था देखि गाउघरमा भएका क्लबमा समेत निर्वाचन हुदाँ राजनीति हुने गरेको प्रति आपति जनाए । उनले हटिया शाखाले दुखमा परेका जनतालाई गरेको सेवा प्रति प्रशंसा गर्दै यसलाई ब्यवस्थापन गर्नका लागी नगरपालिका सकरात्म रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल रेडक्रस साईसाईटीका जिल्ला उपसभापति राम बहादुर केसी, काडेबास मल्म उपशाखाका सभापति डोल बहादृुर केसी, समितिका सल्लाहकार संयोजक बिष्णु रेग्मी, गलकोट बहुमुखी क्यापसका स्ववियु सभापति गुमानसिह भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका सथए ।
साधारण सभामा संस्थाका सचिव नवराज गौतमले प्रगति प्रतिबेदन र कोषाध्यक्ष कृष्ण कुमार सुवेदीले आर्थिक बर्ष २०७४।०७५ मा ३७ हजार ५ सय २२ आम्दानी र ३७ हजार ५ सय २२ रुपिया बराबरको खर्च सार्वजनिक गरेका थिए । संस्थाले आगामि दिनमा आजीवन सदस्य संस्था ३ सय ५० वाट बृद्धि गरि ५ सय पुर्याउने, स्थानिय तह, स्थानिय स्वास्थ संस्थाहरु, स्थानिय सामाजिक संद्य संस्थाहरु, बिदेशमा कार्यरत नेपालिहरुसँग सहकार्य गरेर एम्बुलेन्स खरिद गर्ने र स्वास्थ शिबिर सञ्चालन गर्ने जनाएको छ ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उपशाखा हटियाका सभापति कृष्णप्रसाद गौतमको अध्यक्षता, बल बहादुर खत्रीको स्वागत मन्तब्य, सचिव नवराज गौतम र सदस्य ढालेन्द्रप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा आजीवन सदस्यहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो