लोकेन्द्र निरासी बागलुङ २०७३ चैत ३ । स्थानिय तहको नयाँ संरचना कार्यान्वयनमा गएसँगैे बागलुङ जिल्लाको दक्षिणमा कुस्मीसेरा केन्द्र रहेको जैमिनी नगरपालिका र बुर्तिबाङ केन्द्र रहने गरि तय भएको ढोरपाटन नगरपालिको कार्य प्रारम्भ तथा कार्यालयको उद्घाटन गरिएको छ ।
जैमिनी नगरपालिका कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले गरेका थिए भने ढोरपाटन नगरपालिकाको ढोरपाटन नगरपालिका निमित्त कार्यकारी अधिकृत चण्डीराज पौडेलले कार्यालयको बोर्ड अनावरण गरि बाचन गरेर नगरपालिका कार्यालयको औपचारिक रुपमा शुभारम्भ भएको घोषणा गरेको घोषणा गरेका थिए ।
जैमिनी नगरपालिकाको उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यलगायत विभिन्न राजनीती दलका प्रतिनिधीहरु स्थानीयहरुको सहभागिता रहेको थियो भने पन्चेबाजा सहितका नृत्यादि कार्यक्रमहरु समेत गरिएको थियो ।
उता बुर्तिवाङमा आयोजित ढोरपाटन नगरपालिकाको कार्यप्रारम्भका अवसरमा राजनीतिक दलहरुका प्रतिनिधीहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुले मन्तव्य व्यक्त गर्दै संघिय संरचना अनुसार स्थानीय तह व्यवहारिक कार्यान्वयनमा गएपछि त्यसबाट जनताले सहज सेवा पाउनुपर्नेमा जोड दिए । स्थानीय स्रोत र साधनको सही सदुपयोग गर्न ढोरपाटन नगरपालिकालाई थप जिम्मेवारी थपिएको स्थानिय राजनितिक दलले बताएका थिए ।
ढोरपाटन नगरपालिकाका निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी पाएका चण्डीराज पौडेलले कार्यालयको औपचारिक उदघाटन गरिएपनि कार्य सम्पादनमा अझै अन्यौलता रहेको बताएका थिए । ढोरपाटन नगरपालिकाका वडा सचिव कमल प्रसाद कँडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विष्णु विकले गरेका थिए ।
यसैवीच बडीगाड खोला गाउँपालिकाको कार्यालयको पनि आजै उद्घाटन गरी कार्यारम्भ गरिएको छ ।
जैमिनी नगरपालिकाको उद्घाटनका तस्वीर अर्जुन ढकालले खिचेको हो ।