Sorry, that menu does not exist.
 

सवारी दुर्घटना न्युनीकरणका लागी सार्वजनिक सवारी चालकको स्वास्थ्य परीक्षण सुरु !

कोपिला कँडेल, बागलुङ २०७५ माघ ३ । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सार्वजनिक सवारी साधनका चालकको स्वास्थ्य जाँच शुरु गरेको छ । बिहीबार बागलुङ नगरपालिका १ रामरेखा स्थित गणेश घुम्तीमा स्वास्थ्य शिविर संचालन गरी सार्वजनिक सवारी चालकको स्वास्थ्य परीक्षण गरेको गरिएको हो ।

स्वास्थ शिविरलाई साप्ताहिक रुपमा अगाडी बढाउने योजना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । प्रनाउ रेग्मीले स्वास्थ्य अवस्थाका कारण हुन सक्ने दुर्घटना न्युनिकरणका लागि स्वास्थ्य शिविर संचालन गरिएको र सवारी धनीलाई खवर गरी चालकको अवस्था बारे जानकारी गराईने बताए ।

धौलागिरि अन्चल अस्पताल संग सहकार्य गरेर सवारी चालकको स्वास्थ जाँच गर्दा केही चालकको उच्च रक्तचाप र आँखामा समस्या देखिएको धौलागिरी अंञ्चल अस्पतालका डाक्टर सञ्जु पौडेलले जानकारी दिइन । नेपाल पत्रकार महासंघको सहयोगमा धौलागिरी अञ्चल अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले सवारी चालकको स्वास्थ्य जाच गरेका थिए ।

अपरान्ह ३ बजे देखी ५ बजे सम्म संचालित शिविरमा ८१ जना चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुकबहादुर बिकले जानकारी दिए ।

परीक्षणका क्रममा ४ जनाको रक्तचाप असामान्य भेटिएकाले चालकलाई सचेत रहन आग्रह गरिएको र अन्य चालकहरुको आँखा, ब्लड प्रेसर लगायतको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ । अधिकाशं सवारी दुर्घटना सार्वजनिक यातायातका साधन पर्ने हुदा यस्तो अभियान संचालन गरिएको ट्राफिक प्रहरी प्रमुख बिकले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply