झम सिर्पाली, निसीखोला बागलुङ २०७५ माघ ४ निसीखोला गाउँपालिकाका विभिन्न विद्यालयहरुलाई पोखरा स्थित कर्म फ्लाईट्स फाउन्डेशनले सहयोग स्वरुप कम्प्युटर तथा पुस्तकालय हस्तान्तरण गरेको छ । निसीखोला गाउँपालिका वडा नं ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयलाई रु १ लाख २० हजार मूल्य बराबरको पुस्तकालय र फर्निचर, ज्योति प्राथमिक विद्यालय निसीखोला गाउँपालिका ४ थापागाउँलाई रु ७० हजार मूल्य बराबरको पुस्तकालय र फर्निचर साथै विद्यार्थी र स्थानीयहरुलाई जाडोको समयमा स्वास्थ्य सुरक्षाका लागि न्यानो कपडा समेत वितरण गरिएको जनाईएको छ ।
निसीखोला गाउँपालिका वडा नं २ स्थित जनहित आधारभूत विद्यालयलाई दुईथान ल्यापटप, जनपृय प्राथमिक विद्यालय निसीखोला २ उपल्लोबेङ्रीलाई एक थान ल्यापटप र रु ७० हजार मूल्य बराबरको पुस्तकालय र फर्निचर, निसीखोला गाउँपालिका वडा नं १ हर्पे स्थित अन्नपूर्ण आधारभूत विद्यालयलाई रु ७४ हजार ४ सय ८० मूल्य बराबरको पुस्तकालय र फर्निचर हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।
भौगोलिक हिसावले विकट रहेको उक्त गाउँपालिका स्थित विद्यालयहरुलाई आधारभूत आवस्यकतामा समेत समस्या भएकाले उक्त समस्या समाधानका लागि सानो प्रयास स्वरुप गाउँपालिकासंग समन्वय गरि संस्थाको आर्थिक लगानिमा यस सहयोग कार्यक्रम संचालनमा ल्याईएको फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरले जानकारी दिउ ।
सहयोग सामाग्री फाउन्डेसनका कर्मचारी राजु परियार र मिना कार्की मार्फत संबंधित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको छ । फाउन्डेसनले यस अघि पनि गाउँपालिकाका अन्य विभिन्न विद्यालयहरुलाई फर्निचर, कम्प्युटर , स्टेसनरी, विद्यार्थी छात्रवृत्ति प्रदान गर्नुका साथै निशुल्क कम्प्युटर तालिम, खानेपानी परियोजना, तथा निशुल्क स्वास्थ्य शिबिर संचालन जस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।