प्रदिप पन्त, बागलुङ, २०७५ माघ ४ । छिमेकी लघुवित्त वित्तीय संस्थाको सहयोगपछि सिप र क्षमता भएपनि पुजि“ नभएका बागलुङका महिलाहरुको लागि आर्थिक उन्नतीमा टेवा पुगेको छ । देश भर १ सय ३५ शाखा रहेको वित्तीय संस्थाले बागलुङका ग्रामिण क्षेत्रमा बिभिन्न कार्यक्रम सञ्चालन गरेपछि यहा“का महिला आर्थिक प्रगति तर्फ जुटेका छन । संस्थाले ग्रामिण क्षेत्रका विपन्न र गरिव महिलाहरुलाई ७ दिनको तालिम दिई सदस्यता प्रदान गरेपछि तरकारी खेती,बाख्रा पालन, गाईभैसी, लगाएका कृषि काममा सक्रिय बनेका छन । जिल्लाको बानपा र का“ठेखोला गाउ“पालिकाका ६ सय ८९ जना महिला यतिबेला व्यसायिक भई मनग्य आम्दानी गर्न सफल भएका छन ।
लघुवित्त वित्तीय संस्था मार्फत कर्जा लिई बिभिन्न कृषि कार्य गर्दै आएका महिलाहरु सम्मिलित वित्तीय संस्थाको दोस्रो इकाई भेला समेत बागलुङमा शुक्रबार सम्पन्न भएको छ । भेलामा सहभागी महिलाहरुले आफुहरु कर्जा लिई तरकार िखेती,बिभिन्न पशुपालन गरि मनग्य आम्दानी लिन सफल भएको बताएका छन । भेलामा वित्तीय साक्षरता,पारिवारिक वजेट,बैकको निति नियम लगाएका बिषयमा जानकारी गराईको थियो ।
एक दिनसञ्चालन भएको भेलाको बित्तका क्षेत्रिय प्रवन्धक निरन्जन महतोले उदघाटन गर्दै आर्थिक विकासको अव सबै एक हुनुपर्ने बताउनुभयो । उहाले कृषि क्षेत्रको विकासमा महिलाहरुको सक्रियताले आफनो मात्र नभई समग्र क्षेत्रको आर्थिक उन्नति हुदै भएको बताए ।
कार्यक्रममा समुहबाट उत्कृष्ट दश वटा ईकाइलाई छनोट गरि ५ सय देखि ४ हजार रुपैया“ नगद,प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको छ । त्यसैगरि सदस्यका परिवारका छोरीलाई अध्ययनमा टेवा पुग्योस भन्नको लागि बार्षिक २ हजार ४ सय रुपैया“को छात्रबृत्ति समेत प्रदान गरिएको शाखा प्रबन्धक प्रकाश घिमिेरेले बताए ।
कार्यक्रममा क्षेत्रिय कार्यालयका क्षेत्रिय प्रवन्धक निरन्जन महता, अनुगमन प्रमुख प्रेमकुमार नाइजु ,दिपक पाण्डे र सुशिला तिमिल्सिना सहजिकरण गर्नुभएको थियो । बागलुङमा २०७३ सालमा कार्यालय स्थापना गरि संस्थाले काम गर्दै आएको छ ।