गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ ५ । गल्कोट नगरपालिकाको हटिया बजारमा गत आईतबार राति ९ बजेको समयमा घटेको घटनालाई राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशले हेर्न सुरु गरेको छ ।
आयोगले राष्ट्रिय मिडियामा घटनाको बिषयमा समाचार देखेका आधारमा आफुले हेर्न सुरु गरेको जनाएको छ । आयोगका गण्डकी प्रदेश अधिकृत ज्योति प्रसाद घिमिरे र मोहन काफ्लेले आज गल्कोटका सरोकारवाला, पीडित पक्ष र पीडक पक्षको सुझाव संकलन गरेका छन ।
हामीले सबै पक्षको सुझाव संकलन गरेर नेपाल सरकारलाई सिफारिस गर्छौ अधिकृत घिमिरेले भने यस्ता खाले मानव अधिकार उल्लङ्घन सम्बन्धि घटनालाई आयोगले बढी प्राथमिकताका साथ हेर्ने गरेको छ । मानवअधिकारकर्मी सँग गल्कोटका राजनैतिक दल, जनप्रतिनिधि, स्थानिय, पत्रकार सहितको छलफल कार्यक्रममा अधिकृत घिमिरेले घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीसँग समेत छलफल भएको बताउदै घटनामा दोषिलाई कानुन अनुसारको कार्वाहिका लागी आयोग गहिराईमा पुग्ने बताए । मानवअधिकारकर्मीले घटनामा संग्लग्न बिकी गैरे र कृष्ण खत्रीको भनाई लिएका छन । त्यस्तै उनिहरुले ईलाका प्रहरी कार्यालयमा रहेका प्रहरी जवान प्रेम सिह बिष्ट र बुद्ध थापाको समेत भनाई लिएका छन ।
प्रहरीको कुटपिटबाट गम्भी घाईते गल्कोट नगरपालिका–६ का सोमबहादुर बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनकी श्रीमती कृष्णकुमारी बस्नेतले जानकारी दिएकी छन् । गत आइतबार राति गल्कोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्ट अघि प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाले बस्नेत माथी निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
हटिया कुटपिट काण्डको चौतर्फी निन्दा : दोषी प्रहरीमाथी तत्काल कार्बाही गर्न व्यापक जनदवाब !