भरत सापकोट, विहुँ बागलुङ २०७५ माघ ५ । काठेखोला गाउंपालिका वडा ६ मा स्थापित लक्ष्मीनारायण मन्दिर बिहुँकोटलाई जापान समाज बिहुँकोटले रु १ लाख सहयोग प्रदान गरेको छ।रकम हस्तान्तरण समरोहमा जापान समाज बिहुँकोटको तर्फ देखि अध्यक्ष गौरीशंकर शर्मा सुवेदी, सचिव भिष्म कडेंल कोषाध्यक्ष नारायण कडेंल ९राजु० सहसचिव सुदर्शन कडेंल लगाएतले संचालक समितिका अध्यक्ष रामचन्द्र कडेंल निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद कडेंललाई संयुक्त रुपमा प्रदान गरेका थिए।
सो समरोहमा पुर्व सांसद टंकप्रसाद कडेंलले बोल्दै बह्मलीन स्वामि श्री १००८ परमानन्द सरस्वतिले बिहुँलाई चिनाउन र यस क्षेत्र स्थापित गरेका धार्मिक तिर्थस्थलहरुले बिहुँकोटको छुटै पहिचान स्थापित भएकाले यिनै धरोहरहरुलाई विकाश गर्न सक्ने हो भने पर्यटनको माध्यमबाट यस क्षेत्र आर्थिक विकास सम्भव रहेको बताए।
सो अवसर मन्दिरमा निर्माण गर्न लागेको सत्तल बनाउदा हाल सम्म रु १३ लाख ६५ हजार भन्दा बढि खर्च भईसकेको संघिय ब्यवस्थाको कारण शान्ति तथा पुन निर्माण मन्त्रालयबाट छुटिएको ५ लाख मध्ये रु १ लाख मात्रै साथै सांसद चम्पा खड्काले सांसद विकास कोष बाट छुट्याएको रु १० लाख रुपैयाँ समेत संघिय सरकारले रोक्का गर्दा वितिकै निर्माण कार्यलाई निक्कै अप्ठेरो परेको बताउदै वडा कार्यलय मार्फत दुई आर्थिक बर्षमा ४ लाख रुपैया छुट्टिएको बताए।
सो कार्यक्रममा जापान समाज बिहुँकोटको तर्फ बाट अध्यक्ष गौरिशंकर शर्मा सुवेदीले बोलेका थिए ।
कार्यक्रमको संचालन मन्दिर संचालन समितिका सचिव नारायण प्रसाद कडेलको रहेको उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष रामचन्द्र कडेलको रहेको थियो।